Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमाको आशीर्वाद लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे मतदान (हेर्नुस् भिडियो)

भारतमा लोकसभा चुनावको तेस्रो चरण अन्तर्गत मंगलबार १३ राज्य र दुई केन्द्र प्रशासित प्रदेशका १ सय १७ सिटमा मतदान भैरहेको छ ।तेस्रो चरण अन्तर्गत मंगलबार मैनपुरी, पीलीभीत, रामपुर, मधेपुरा, मालदा उत्तर, वायनाड र गान्धीनगर लगायत क्षेत्रमा मतदान भैरहेको हो ।

गुजरात, केरल, महाराष्ट्र र कर्नाटकको ७४ सीट निर्णायक मानिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वायनाडमा कांग्रेस अध्यक्ष राहुल गान्धी र गान्धीनगरमा भापजा अध्यक्ष अमित शाह उम्मेद्वार हुनुहुन्छ । १ सय १७ सीटमा १ हजार ६ सय १२ जनाको उम्मेद्वारी परेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टी भाजपाका अध्यक्ष अमित शाह, गुजरातका मुख्यमन्त्री विजय रुपाणी, केरलका मुख्यमन्त्री पी विजयनलगायतले मतदान गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गर्न जानुअघि उनले आमा हिराबेनको आशीर्वाद लिएका थिए । उनले आमालाई भेटेर पाउ ढोगेको र मिठाइ खुवाएको तस्बिर भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेका छन् ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Apr 23, 2019

प्रतिक्रिया दिनुहोस्