Logo
१८ बैशाख २०८१, मंगलबार
(April 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् अल्पायुमै कपाल फुल्नुको यस्ता छन् कारण

काठमाडौँ :  सबै मानिसले आफ्नो कपाल सुन्दर होस् भन्ने चाहना राखेका हुन्छन्। किनभने कपालले मानिसको सुन्दरतामा निकै ठूलो भूमिका खेल्ने गर्छ। धेरै जसोले अरुको भन्दा आफ्नो कपाल आकर्षक र सुन्दर होस् भन्ने चाहना राखेका हुन्छन्।

तर यस्तो चाहना राखेता पनि कतिपय मानिसलाई कपाल फुल्ने समस्याले सताइरहेको हुन्छ। कतिपयले आफ्नो कपाल के कारणले फुलेको भन्ने थाहा पाइरहेका हुदैनन् ।

कपाल फुल्नुका केही कारणहरु यस्ता रहेका छन् :

उमेर :  उमेरको वृद्धिसँगै कपाल कालो बनाउने तत्व मेलानिन पिगमेन्ट कम हुँदैं जादा वृद्ध उमेरमा कपाल फुल्ने वा सेतो हुने गर्दछ ।

वंशाणुगत :  बाबुआमा वा परिवारका कुनै सदस्यको कपाल सानै उमेरमा फुलेको छ भने बालबालिकाको कपाल पनि सानै उमेरमा फुल्ने वा सेतो हुने गर्दछ।

औषधिको साइडइफेक्ट :  डिप्रेसन, मलेरियाका औषधि तथा केही एन्टिबायोटिक औषधिहरु लामो समयसम्म सेवन गरिरहेका मानिसमा औषधिको साइडइफेक्टका कारण कपाल चाँडै फुल्ने वा सेतो हुने गर्दछ।

पोषक तत्वको कमी :  शरीरमा प्रोटीन, आइरन, भिटामिन बी, जिंकजस्ता पोषक तत्वको कमी भएको छ भने कालो बनाउने तत्व मेलानिन पिगमेन्ट कम बन्छ र कपाल फल्ने वा सेतो हुने गर्दछ।

रसायन :  शेम्पु, कन्डिसनर, कपालमा लगाउने विभिन्न प्रकारका रङ्ग र कपालमा लगाउने अन्य प्रोडक्टमा पाइने रसायनका कारण कपाल फुल्ने वा सेतो हुने गर्दछ।

रोग :  सानै उमेरमा एक्जिमा, एनिमिया, थाइराइड, एड्स, डिप्रेसन र धेरै तनाव लिने व्यक्तिमा कपाल फुल्ने वा सेतो हुने समस्या देखिने गर्दछ।

प्रदूषण :  कपाल खुल्ला छोडेर हिँड्दा धूलो, धूवा कपालमा बस्ने वा टासिने हुदाँ कपाल फुल्ने वा सेतो हुने गर्दछ।

आहार : जंक फूड र धेरै तारेको, भुटेको, डढेको खाने कुराले कपाल छिट्टै फुल्ने वा सेतो हुने गर्दछ। भिटामिन, मिनरल भएका खाने कुराहरु खानु पर्दछ, जसले कपाललाई कालो बनाउन मद्दत गर्ने गर्दछ।

प्रकाशित मिति: Apr 18, 2019

प्रतिक्रिया दिनुहोस्