Logo
११ श्रावण २०८१, शुक्रबार
(March 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्मीमा अनुहारको सौन्दर्य बढाउने यी १० घरेलु तरिका !

हाम्रो सौन्दर्य महत्वपूर्ण भुमिका खेल्ने मुख्य महत्पूर्ण अंग भनेको अनुहारलाई लिइन्छ । अनुहार चम्काउन सौन्दर्य प्रशाधनमा मानिसहरु हजारौं खर्च गर्छन् । व्युटी पार्लर धाउँछन् । तर कतिपय यस्ता सामाग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन् ।

मापदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन् । तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन। केही यस्ता घरेलु तरिका छन् जसले अनुहार चम्काउन मद्धत गर्छ।

१. दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने। त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने। सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने। करीब २० मिनेटपछि अनुहार पखाल्ने। हप्तामा एकपटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ।

२. डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने।

३. एक चम्चा मह हातमा लिएर अनुहारमा लगाउने। ९यसमा ४र५ थोपा कागतीको रस मिलाउन सकिन्छ।० १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ।

४. अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ।

५. निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ। यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।

६. पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ।

७. काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ।

८. काँक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ।

९. अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ।

१०. सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने। यसलाई फेसवासको रुपमा प्रयोग गर्ने।

प्रकाशित मिति: Mar 15, 2022

प्रतिक्रिया दिनुहोस्