Logo
१२ बैशाख २०८१, बुधबार
(August 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छाला र कपाल राम्रो बनाउनका लागि यसरी प्रयोग गर्नुहोस् गुलाब जल !

गुलाब जल सुन्दरता बढाउनका लागि प्रयोग गर्ने गरीन्छ । धेरैजसो महिलाहरु आफ्नो छालाको स्याहार गर्नको लागि गुलाब जल प्रयोग गर्दै आएका छन् ।

यसले छालामा हुने जलन कम गराउँछ ।  यसले छालालाई महत्त्वपूर्ण तत्वको काम गर्छ । यसमा हुने भिटामिन ए, बी३, सी र ई कपालको बिकास गर्न मद्दत गर्छ । यसमा एन्टिअक्सिडेन्ट जस्ता गुण पाइन्छ ।यसले छालामा हुने सानासाना छिद्रहरुलाई कम गर्छ भने कपालको रुखोपन पनि कम गर्छ ।

यसले कपालको चाँयाको समस्याबाट पनि छुटकारा दिलाउँछ ।कपालमा स्याम्पु लगाएर धोएपछि रातभर गुलाबको पानी लगाएर रातभरका लागि छोड्ने र बिहान उठेर धुने गर्नुपर्छ ।

कपाल सुख्खा र उडेको छ भने बोतलमा हालेर समय समयमा स्प्रे पनि गर्न सकिन्छ । साथै, छालालाई पनि सुख्खा हुन नदिन तपाईं यसको प्रयोग गर्न सकिन्छ ।

आफ्नो अनुहारमा कुनै पनि क्रिम लगाउनुअघि गुलाब जल छर्केर मेकअप गर्न सकिन्छ । साथै, नुहाउने पानीमा पनि गुलाब जल प्रयोग गर्न सकिन्छ ।

यसैगरी, घामले छाला डढेको छ भने सुतीको कपडाको मद्दतले अनुहारमा लगाउने गर्नुपर्छ । जसले गर्दा तपाईंलाई जलनबाट छुटकारा मिल्छ । यसका साथै, कपालमा चाँया परेको छ भने श्याम्पुमा मिसाएर लगाउने गर्नुपर्छ । ग्लिसरीनसँग मिसाएर लगाउँदा कपालको सुख्खापन हराउँछ ।एजेन्सी

प्रकाशित मिति: Aug 12, 2021

प्रतिक्रिया दिनुहोस्