Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहेँलो दाँतलाई दाँत कसरी सेतो र चम्किलो बनाउने ? यस्ता छन् घरेलु उपाय !

भनिन्छ मानिसको सुन्दरता भनेको उसको दाँतमा हुन्छ । साच्चिकै हो पनि मानिसको आत्मविश्वास बढाउने काम हाम्रो दाँतले गर्ने गर्छ त्यसैले त बुढापाकाले भन्ने गर्छन् ‘जसको दाँत हुदैन त्यसको आत हुदैन’ ! त्यसकारण हामीले जहिले पनि आफ्नो आत्मविश्वास र सुन्दरता बढाउनको लागि दाँतको एकदमै ख्याल राख्न जरुरी हुन्छ ।

सुन्दर, सेतो र चम्किलो दाँतले अनुहारको सुन्दरतालाई अझै बढाउँछ । दाँत पहेँलो भयो भने यसले सुन्दरतामा कमि ल्याउँछ । दाँत कमजोर भएमा वा कालो, पहेँलो देखिएमा बोल्न र हाँस्नमा पनि समस्या हुन आउँछ ।

दाँत सेतो र चम्किलो भएन भने लज्जाबोध पनि गर्नुपर्ने हुन्छ । आज हामी तपाईलाई दाँत पहेँलो भएका त्यसलाई सेतो र चम्किलो कसरी बनाउने घरेलु उपायहरु बताउन गइरहेका छौ ।

१. तोरीको तेल र अंगार
दाँतमा कालोपन र पहेँलोपन आएमा अंगार र तोरीको तेल मिसाएर दाँत माझ्ने गर्नुपर्छ । अंगारको सानो टुक्रा लिने र यसमा थोरै तोरीको तेल मिसाएर हल्का हल्का माझ्ने गर्दा दाँत सेतो हुँदै जान्छ ।

२ . तोरी तेल र मनतातो पानी
तोरीको शुद्ध तेलमा केही थोपा तातो पानी हालेर दाँत माझ्ने गर्दा दाँतको पहेँलोपन हराउँदै जान्छ । यसको २ देखि ३ मिनेटसम्म मुख कुल्ला गर्दा गिजा, दाँतको दुखाई, पहेँलोपन र कमजोरी हराउँदै जान्छ ।

३. तोरीको तेल र बेसार
बेसारमा ब्याक्टेरिया मार्ने शक्ति हुन्छ । बेसारको धुलोमा तोरीको तेल मिसाएर दाँतमा लगाउँदा पहेँलोपन हराउँदै जान्छ ।

४. तोरीको तेल र बेकिन सोडा
तोरीको तेल र बेकिन सोडा मिसाएर कुल्ला गर्दा दाँत सफा हुन्छ । सोडालाई सोडियम कार्बोनेटको रुपमा पनि लिन सकिन्छ । धेरै समय सोडाको प्रयोग भने गर्न हुँदैन । हप्तामा १ वा २ पटक मात्रै यसको प्रयोग गर्न सकिन्छ ।

५. तोरीको तेल र बिरे नुन
तोरीको तेल र बिरे नुन मिसाएर दाँतमा लगाउँदा पहेँलोपन र पायरियाको समस्या कम हुन्छ । बिरे नुनमा एन्टिब्याक्टेरियल गुण पाइन्छ । साथै, यसमा आइरन, आयोडिन, फस्फोरस, पोटाािशयम, क्रोमियम, लिथियम, सोडियम र क्लोराइड जस्ता तत्वहरु पाइन्छन् । यसले मुख ताजा राख्ने काम गर्छ ।

६. तुलसी

तुलसीमा दाँतको पहेँलोपन हटाउने अद्भुत शक्ति रहेको हुन्छ । यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दाँतसम्बन्धी अन्य रोगहरुबाट पनि बचाउँछ । तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाई टूथपेस्टसंग मिलाएर ब्रस गर्ने गर्नाले दाँत सेतो र चम्किलो हुनथाल्छ ।

७ . नीम

नीमको उपयोग धेरै पहिलेदेखि नै दात सफा गर्न हुँदै आएको छ । यसले दाँतलाई सफा र चम्किलो बनाउने मात्र होइन, त्यहाँ रहेका किटाणु नष्ट गर्न पनि सघाउँछ । निमको सानो हाँगाले दिनहुँ दात सफा गर्ने गर्नाले पहेँलोपन अट्नुका साथै दाँतमा किरा पनि लाग्दैन ।

८. केराको प्रयोग

केरालाई पिसेर पेष्ट बनाउनुस् । यस्तो पेस्टले दैनिक एक मिनेट दाँत मसाज गर्नुहोस् अनि ब्रस गर्नुहोस् । यसो गर्नाले पनि दाँतको पहेँलोपना हट्दछ ।

 ९ .स्ट्रबेरी

स्ट्रबेरी दाँत चम्किलो बनाउने सबैभन्दा मिठो र सजिलो उपाय हो । यसमा पाइने मालिक एसिडले दाँतलाई सेतो र चम्किलो बनाउँछ ।

 १०. कागती

कागतीको रस निकाल्नुहोस् । त्यत्ति नै मात्रामा पानी मिसाउनुहोस् । यसरी तयार भएको रसले हरेक दिन खाना खाइसकेपछि कुल्ला गर्ने गर्नाले दाँत त चम्किन्छ नै स्वास गन्हाउने समस्या पनि कम हुँदै जान्छ ।

११ गाजर:

खाना खाइसकेपछि दिनहुँ गाजर खाने गर्नाले पनि दाँतको पहोलोपन हटेर जान्छ । गाजरमा रहेको रेसाहरुले दाँतलाई राम्रोसँग सफा गर्न मद्त गर्दछ ।

 १२ सुन्तलाको बोक्रा

सुन्तलाको बोक्रा र तुलसीको पातलार्इ घाममा सुकाएर त्यसको पाउडर बनाउनुहोस् । दाँत ब्रस गरिसकेपछि सो पाउडरले दाँतमा हल्का मसाज गर्नुहोस् । सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दाँत चम्किलो हुन्छ ।

 

प्रकाशित मिति: Jun 10, 2021

प्रतिक्रिया दिनुहोस्