Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्त्री-२ बाट राजकुमार ‘आउट’ वरून ‘इन’

एजेन्सी : सुपरहिट बलिउड फिल्म स्त्रीले बक्सअफिलमा कमालको कमाइ गरेको थियो । फिल्मलाई दर्शकले खुबै मनपराएका थिए । अब यो फिल्मको दोस्रो भाग बन्ने खबर बाहिरिएको छ । वरूण धवन स्त्रीको सिक्वलमा देखिने छन् ।

अघिल्लो वर्ष रिलिज भएको सुपरहिट फिल्म स्त्रीमा राजकुमार राव र श्रद्धा कपूरले मुख्य भूमिका निभाएका थिए। तर भारतीय सञ्चार माध्यमको पछिल्लो खबरअनुसार स्त्रीको सिक्वलमा उनीहरू देखिने छैनन्।

समाचारमा जनाइअनुसार वरूणलाई कास्ट गरिने छ र वरूण पनि उक्त फिल्ममा कास्ट गर्न इच्छुक भएको बताएका थिए। यद्यपि फिल्मको कहिलोबाट सुटिङ सुरु हुन्छ भन्ने विषय अझै खुलाइएको छैन।

प्रकाशित मिति: Apr 7, 2019

प्रतिक्रिया दिनुहोस्