Logo
१७ बैशाख २०८१, सोमबार
(March 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाल यादव ऋण नतिरेको मुद्दामा जेल सजाय काटेर रिहा

एजेन्सी : बलिउड अभिनेता राजपाल यादव ऋण नतिरेको मुद्दामा जेल सजाय काटेर फेब्रुअरीको अन्तमा रिहा भएका थिए । जेल सजाय काटेपछि राजपालले खुलेर कुरा गरेका छन् ।

राजपालले कसैमाथि आफुले विश्वास गरेको तर, उसले विश्वासको दुरुपयोग गरेको बताए । उनले अब समस्याबाट छुटकारा पाएको भन्दै फिल्मको काममा फर्कने बताए । उनले फेरि फिल्ममा फर्किन उत्साहित भएको बताए ।

समाचार एजेन्सी आइएएनएससँगको कुराकानीमा राजपालले भने, ‘मैले केही मानिसमाथि विश्वास गरे । जसले पछि विश्वासघात गरे । त यस विषयमा अरु केही भन्न चाहन्न । म अगाडि बढ्न चाहन्छु । मलाई थाहा छ जीवनबाट अँझ धेरै पाइनेछ ।’

उनले कानुन सबैका लागि बराबर भएको भन्दै देशको कानुनबाट कोही पनि बच्न नसक्ने बताए । त्यसैले अदालतको आदेश पालना गरेको उनले बताए । जेलमा निकै कठिन अनुशासन भएको भन्दै उनले सबैले त्यसको पालना गरेको बताए ।

उनले सबै कैदीसँग बोल्ने प्रयास गरेकोसमेत बताए । उनले जेलमा भाषण गरेको, बिहान बिहान अभ्यास गर्ने गरेको र पुस्तकालयमा गएर पढ्ने गरेको बताए ।

उनले छिटै टाइम टू डान्स फिल्मको शूटिंग गर्ने जानकारी दिए । यो फिल्मका केही सिन बाह्य देशमा शूटिंग भएका छन् । केही सिन भारतमा शूटिंग हुने उनले बताए ।

स्मरण रहोस दिल्ली उच्च अदालतले नोभेम्बर २०१८ मा राजपाललाई एक कम्पनीको ऋण चुक्ता नगरेको दोषी ठहर गर्दै तीन महिनाको जेल सजाय दिएको थियो । उनले २०१० मा फिल्म बनाउन एक कम्पनीबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए ।

 

प्रकाशित मिति: Mar 28, 2019

प्रतिक्रिया दिनुहोस्