Logo
२५ बैशाख २०८१, मंगलबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाको प्रश्न: ‘मधेसमा जनमत संग्रह गर्न सहमति गरेको हो ?’ सरकारको जवाफ: ‘सहमति गरेको छैन’ 

काठमाडौँ : राष्ट्रिय जनता पार्टीले सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमति सकारात्मक भए पनि प्रष्ट जवाफ दिनुपर्ने बताएको छ । भने सरकारले त्यस्तो कुनै सहमती नभएको प्रष्ट पारेको छ । आइतबारको संसद् बैठकमा विशेष समय लिएर बोल्दै राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले आफूहरु राष्ट्रिय एकता र अखण्डताको पक्षमा रहेको भन्दै ‘स्वतन्त्र मधेस गठबन्धन’ सँगजनमत संग्रह गर्ने सहमतिगरेको भएआफूहरुलाई स्वीकार्य नहुने यादवले बताएका थिए । ‘विखण्डनलाई सरकारले मान्यता दिएको होरु सरकारको जवाफ चाहन्छौं,’ उनले भनेका थिए ।

जवाफमा गृहमन्त्री रामबहादुर थापाले त्यस्तो कुनै खालको सहमती नभएको बताउदै कसैले कुनै आत्मसर्पण समेत नगरेको बताए ।सरकारले जनमत स‌ंग्रह गर्ने सहमति गरेको भए त्यसले मुलुकमा नयाँ द्वन्द्व सृजना हुने उनकाे दाबी थियाे । सीके राउतले सरकारसँग जनमत संग्रह गर्ने सहमति भएको दाबी गरेको भन्दै उनले यसबारे सरकारले संसदमा प्रष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।

उनले आफूहरुसँग भएको सहमति पालना नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि जानकारी गराएका थिए । संयोजक यादवले मधेस तथा थारु आन्दोलनमा भएका घटनाबारे अध्ययन गर्न गिरिशचन्द्र लालकाे नेतृत्वमा बनेकाे आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरेका छन् ।

यादवले आफ्नाे भनाइ राखेसँगै सभामुख कृष्णबहादुर महराले सरकारलाई उक्त आयाेगकाे प्रतिवेदन हालसम्म सार्वजनिक नगर्नुकाे कारण स‌ंसद्‌लाई अवगत गराउन निर्देशन दिएका छन् ।

http://45.77.46.207/2019/03/81540/

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्