Logo
२४ बैशाख २०८१, सोमबार
(January 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाह उत्सवमै अक्षय कुमारले श्रीमती ट्वीकलको हातबाट कुटाई खाएपछि ..! (भिडियोसहित)

बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री ट्वीकल खन्नाको बिहे भएको भएको १८ वर्ष पुगेको छ । यसै अवसरमा विवाह उत्सवमा आयोजित एक पार्टीमा अक्षयले श्रीमतीको हातबाट कुटाई खाएका छन् ।

तर, यो वास्तविक कुटाई भने होइन् । बक्सर अक्षयलाई खन्नाले ‘बक्सिङ स्टाइल’मा प्रेमपूर्वक हिर्काएकी हुन् । जसलाई सामाजिक सञ्जालमा सेयर गर्दै अक्षयले आफूले १७ वर्षदेखि यसैगरी श्रीमतीबाट कुटाई खाइरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘मार्शल आर्टको विज्ञ हुनुको नाताले म जब उनलाई यसबारे केही भन्न खोजछु तब उनी मलाई यसैगरी हिर्काउँछिन् ।’ अक्षयले सेयर गरेको श्रीमतीले हिर्काइरहेको भिडियो यतिबेला भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रकाशित मिति: Jan 17, 2019

प्रतिक्रिया दिनुहोस्