Logo
२३ बैशाख २०८१, आईतबार
(December 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ वर्ष लगाएर विस्तार गरिएको कोटेश्वर-कलंकी सडक खण्डको काम शनिबार सकिने

काठमाडौं : चक्रपथको कोटेश्वर-कलंकी खण्ड आठ लेनमा विस्तारको काम आगामी शनिबारसम्म सकिने भएको छ । त्यसैदिनमा चिनियाँ ठेकेदारले सडक विभागलाई आयोजना सकिएको जानकारी गराउनेछ ।  ५ वर्ष लगाएर विस्तार गरिएको चक्रपथमा अब म्याद थपेर काम गराउनुपर्ने अवस्था नरहेको सडक विभागले जनाएको छ ।

तर, कहिले औपचारिक रुपमा चीनले चक्रपथ हस्तान्तरण र नेपाल सरकारले उद्घाटन गर्छ भन्ने टुंगिएको छैन । सडकको विस्तारको सकिँदै गर्दा यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको यो खण्ड विस्तार भएको हो ।

चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर-कलंकी खण्ड विस्तारको काम डिसेम्बर १५मा सकिने निश्चित भएको सडक विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए ।

‘लगभग सबै काम सकिएको छ । अब केही दिनमा नै चक्रपथको काम पुरा हुन्छ,’ उनले भने,’अन्तिम पटक थपिएको म्याद अनुसार डिसेम्बर १५मा नै ठेकेदारले काम सक्छ ।’ आयोजनाले कोटेश्वर, बागडोल र ग्वार्कोमा आकाशे पुल निर्माण गरेको छ ।

सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच माघ ०७३ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो । ३ पुस ०६९ मा भएको सम्झौताअनुसार काम सम्पन्न गर्न भूकम्प र नाकाबन्दी बाधक बने । सम्झौताबमोजिम भदौ ०७० देखि मात्र विस्तार थालिएको थियो ।

प्रकाशित मिति: Dec 10, 2018

प्रतिक्रिया दिनुहोस्