Logo
२७ बैशाख २०८१, बिहीबार
(December 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवमा भयो लाखौँ रकम संकलन

बागलुङ : ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवको दोश्रो दिन पनि धार्मिक प्रवचन तथा भक्क्ति संगित विविध कार्यक्रमहर सञ्चालन भएका छन् ।

महोत्सवको दोश्रो दिन आइतवारसम्म तमानखोला गाँउपालिका तर्फबाट ५ लाख र प्रत्येक वडाबाट १/१ लाख गरि ६ लाख गरि तमानखोला गाँउपालिकाकाबाट कुल ११ लाख र आफ्नो व्यक्तिगत ११ हजार सहित नगद चन्दा,धान सुन लगायत गरी महोत्सवको दोश्रो दिनसम्म कुल ५७ लाख, १२ हजार, ९सय, ५० रुपैया बराबरको आर्थिक सहयोग जुटेको निसिभूजि जनता क्याम्पस ढोरपाटन नगरपालिका १ बर्तिबाङ्ग बाग्लुङ्ग ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवका मुल समारोह समितिका अध्यक्ष चन्द्र अर्यालले बताए ।

पश्चिम बागलुङकै एकमात्र क्याम्पस निसीभुजी जनता क्याम्पसलाई स्र्माट क्याम्पसको सञ्चालानार्थको लागि शैक्षिक तथा धार्मिक महोत्वको आयोजना गरिएको हो । महोत्सव मंसिर २२ गतेसम्म सञ्चालन हुने क्याम्पस प्रमुख कृष्ण कान्त आर्चायले बताए ।

प्रकाशित मिति: Dec 3, 2018

प्रतिक्रिया दिनुहोस्