Logo
२२ बैशाख २०८१, शनिबार
(December 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री सुरु

काठमाडौँ  : जोशी हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक शेयर निष्काशन (आइपिओ) सुरु गरेको छ । कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

कम्पनीले १५ लाख ५५ हजार २३३ कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनीले आजदेखि छिटोमा आगामी बुधबारसम्म र ढिलोमा आगामी पुस १९ गतेसम्म शेयरमा आवेदन दिन पाइने जानकारी दिएको छ । कम्पनीको शेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम आठ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले यस अघि आयोजना प्रभावित इलामका लागि तीन लाख ७१ हजार ४ सय कित्ता शेयर बिक्री गरेको थियो । कम्पनीको शेयर बिक्री प्रन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडले रहेको छ । कम्पनीको शेयरलाई इक्रा नेपालले गरेको रेटिङमा वित्तीय अवस्था खराब रहेको कम्पनीको रूपमा उल्लेख गरेको छ ।

प्रकाशित मिति: Dec 2, 2018

प्रतिक्रिया दिनुहोस्