Logo
२२ बैशाख २०८१, शनिबार
(November 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माथिल्लो तामाकोशीको सेयर बाँडफाँट आज हुँदै

काठमाडौं : राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युतले जारी गरेको साधारण सेयर ९आईपीओ ० आज बाँडफाँट हुने भएको छ ।

कम्पनीको आईपीओ मंगलबार मध्याह्न ३ बजे राजधानीको बिजुलीबजारस्थित एक ब्यांक्वेटमा बाँडफाँट गरिने आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिए । आयोजनाले यसअघि नै पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरेको थियो ।

आयोजनाले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयरमा माग गरिएभन्दा ४ गुणा बढी आवेदन परेको छ । मंसिर पहिलो साताभित्रै बाँडफाँट गर्ने आयोजनाको तयारी भए पनि पहिलो चरणमा आवेदन दिएकाले त्यसलाई काँटछाँट गर्न समय लागेका कारण आज बाँडफाँट गर्न लागेको हो ।

४ सय ५६ मेगावाट क्षमताको यस आयोजनाको आईपीओका लागि पहिलो चरणमा आवेदन दिइसकेकाको दोस्रो चरणमा दिएको आवेदन रद्द गरिएको छ ।

आवेदन रद्द नभएका सबैको भागमा सेयर पर्ने सम्भावना रहेको बताइएको छ । आईपीओका लागि आवेदन सदर भएकाले कम्तीमा ४० कित्ता र अधिकतम् ५० कित्तासम्म पाउने सम्भावना रहेको आयोजनाले बताएको छ ।

प्रकाशित मिति: Nov 27, 2018

प्रतिक्रिया दिनुहोस्