Logo
६ जेष्ठ २०८१, आईतबार
(October 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्सल आक्रमणमा संचारकर्मी सहित दुई प्रहरीको मृत्यु

फाइल तस्विर

भारत : भारतमा सक्रिय नक्सलवादीले गरेको  आक्रमणमा एकजना पत्रकार सहित केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का दुईजना जवानको मृत्यु भएको छ । मारिएका पत्रकार भारतीय टेलिभिजन संस्था दूरदर्शनका क्यामरापर्सन रहेका छन् ।

दूरदर्शनको टोली र गस्तीमा रहेको प्रहरीको टोलीमाथि अरानपुर जिल्लामा आक्रमण गरिएको प्रहरीले जनाएको छ । आक्रमणमा दुईजना प्रहरी घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

प्रहरीले उक्त स्थानमा खोजी अभियान सुरु गरिसकेको वरिष्ट प्रहरी अधिकारी पी सुन्दर राजले बताए । सुरक्षाफौज र अरु उच्च अधिकारीहरु तत्कालै घटनास्थल पुगेका थिए । रासस

 

 

 

प्रकाशित मिति: Oct 30, 2018

प्रतिक्रिया दिनुहोस्