Logo
६ जेष्ठ २०८१, आईतबार
(October 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यूजिल्यान्डमा भूकम्प, सांसदहरुको छलफल बीचमै स्थगित

फाइल तस्विर

वेलिङ्टन : न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् ।

वेलिङ्टनमा संसदको बैठक चलिरहँदा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पलगत्तै सांसदहरुले छलफल बीचमै स्थगित गरेर सुरक्षित स्थानमा गएका थिए ।

अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ६।१ म्याग्नीच्यूडको रहेको जनाएको छ । वेलिङ्टनबाट ३४० किलोमिटर उत्तरपूर्वमा जमिनको सतहबाट २०७ किलोमिटर मुनि भूकम्पको केन्द्रविन्दु रहेको न्यूजिल्यान्डको आधिकारिक निकाय जियोनेटले जनाएको छ ।

प्रधानमन्त्री जासिन्डा आर्डेनले मुलुकको मुख्य भूभागमा अनुभव गरिएकाले सचेत रहन सबै नागरिकसँग आग्रह गर्नुभएको छ । गृहमन्त्री क्रिस फाफोइले भूकम्पबाट कुनै क्षति वा चोटपटक लागेको खबर नआएको बताउनुभयो ।

उहाँले संसदको कारवाहीलाई केही समयका लागि रोकिएको जानकारी दिनुभयो । न्यूजिन्यान्डमा प्रत्येक वर्ष १५ हजारसम्म भूकम्पका झट्का अनुभव हुने गर्दछ । (रासस/एएफपी)

प्रकाशित मिति: Oct 30, 2018

प्रतिक्रिया दिनुहोस्