Logo
६ जेष्ठ २०८१, आईतबार
(October 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानले साउदी अरबसँग माग्यो उधारोमा तेल

काठमाडौं : पाकिस्तानले साउदी अरबसँग उधारोमा तेल मागेको छ । साउदी वित्त मन्त्रीले यसै हप्ता पाकिस्तानको भ्रमण गरेका थिए र सोही अवसरमा पाकिस्तानले उधारोमा तेल मागेको हो ।

पाकिस्तानबाट प्रकाशित हुने उर्दू अखबार दुनियाका अनुसार पाकिस्तानले साउदी अरबसँग आगामी तीन महिनासम्म दैनिक दुई लाख ब्यारेल तेल उधारोमा दिन माग गरेको छ ।

साउदी अरबले हाल दैनिक एक लाख १० हजार ब्यारेल तेल एक महिनासम्मका लागि उधारोमा दिइरहेको छ । पाकिस्तान हाल आर्थिक संकटमा छ र उक्त संकटबाट देशलाई माथि उठाउन उधारोमा तेल मागिएको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति: Oct 7, 2018

प्रतिक्रिया दिनुहोस्