Logo
६ जेष्ठ २०८१, आईतबार
(October 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हवाई कारबाहीमा पाँच जना आतङ्ककारी मारिए

काबुल : अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान वायु बलमा आवद्ध सेनाको हवाई कारबाहीमा परी हक्कानी आतङ्ककारी समूहका पाँच सदस्य मारिएका छन् ।

अफगान रक्षा मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । सो कारबाही पाक्टिका प्रान्तको गोमाल जिल्लामा भएको थियो । सो जिल्लाको दुर्गम इलाकामा आतङ्ककारीहरुको उपस्थिति रहेको भन्ने गुप्तचर निकायको सूचना प्राप्त भएपछि सो कारबाही भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पक्टिका प्रान्तको गोमाल जिल्ला पाकिस्तानको सीमा क्षेत्रमा पर्दछ ।

उक्त क्षेत्रमा यस हक्कानी नेटवर्कका क्रियाकलापहरु तिब्र हुदै गएको समाचारहरु आएका छन् । हक्कानी आतङ्ककारी सञ्जाल पनि तालिबान आतङ्ककारी समूहसँग नै आवद्ध रहेको छ । हक्कानी आतङ्ककारी सञ्जालले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति: Oct 3, 2018

प्रतिक्रिया दिनुहोस्