Logo
६ जेष्ठ २०८१, आईतबार
(October 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी विदेशमन्त्री पोम्पेओ फेरी उत्तर कोरिया जादै

वासिङ्टन : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आउँदो आइतबार उत्तर कोरियाको भ्रमण गर्ने भएका छन । भ्रमणका क्रममा उनले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटघाट गनेछन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार, आणविक निःशस्त्रीकरणको प्रक्रिया अगाडि बढाउने अमेरिकी अपेक्षामा यसपटक ठोस प्रगति हुनेछ । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दोस्रो शिखर बैठकको तयारी पनि गनेछन् । त्यसपछि उनी जापान र दक्षिण कोरिया जानेछन् । विदेशमन्त्री पोम्पेओको उत्तर कोरियाको यो चौथो भ्रमण हुनेछ । मन्त्री पोम्पेओले यसअघि दुई पटक उत्तर कोरियाली नेता किमलाई भेटिसकेका छन् ।

संयुक्तराज्य अमेरिकाले उत्तर कोरियाले आफ्नो आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम अन्त्य गराउन दबाब दिइ आएको छ ।यसअघि पनि पोम्पेओले गत अगस्टमा उत्तर कोरियाको भ्रमण गर्ने घोषणा गरेका थिए । तर सो भ्रमणलाई सिंगापुर बैठकमा व्यक्त प्रतिबद्धता पूरा गर्नेतर्फ उत्तर कोरियाले आवश्यक कदम नचालेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रद्द गरेका थिए ।

कमै मात्र विदेश भ्रमण गर्ने उत्तर कोरियाली नेता किम गत जुनमा सिङ्गापुरमा भएको पहिलो ऐतिहासिक शिखर बैठकमा अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने विषयमा द्वीपक्षीय सम्झौता भएको थियो ।

प्रकाशित मिति: Oct 3, 2018

प्रतिक्रिया दिनुहोस्