Logo
६ जेष्ठ २०८१, आईतबार
(October 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानको रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई जिम्मेवारी

टोकियो : जापानका प्रधानमन्त्री शिन्जो आबेले मन्त्रिपरिषद् पुनर्गठन गरी रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिएका छन् ।

मन्त्रिपरिषदका अन्य सदस्यहरुमा खासै हेरफेर गरिएको छैन । मुख्य सचिव योशीहिदे सुगाले मन्त्रिपरिषदको नयाँ नाम सार्वजनिक गरेका थिए । जापानका विदेशमन्त्रीमा तारो कोनो र अर्थमन्त्रीमा तारो आसो यथावत रहेका छन् ।

सन् २०१७ देखि रक्षा मन्त्रालयको जिम्मेवारीमा रहनुभएका इचुनोरी ओनोदेराको स्थानमा ६१ वर्षीय ताकेसी इवाया नियुक्त भएका छन् । वरिष्ट राजनीतिज्ञ समेत रहेका ताकेसीले यसअघि रक्षा तथा विदेश उपमन्त्रीको रुपमा जिम्मेवारी वहन गरिसकेका छन् । गत महिना लिबरल डेमोक्रेटिक पार्टीको पुनः अध्यक्ष निर्वाचित भएपछि प्रधानमन्त्री आबेले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री आबेले जापानको पुरानो संविधानमा संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री आबेले चुनौती होइन सरकारमा स्थायित्व खोजेको देखिन्छ,” निहोन विश्वविद्यालयका प्राध्यापक तोमोआकी इवाईले बताए । पुनर्गठित मन्त्रिपरिषदमा सातसुकी कातायामा एक मात्र महिला मन्त्रीका रुपमा नियुक्त भएका छन् ।

प्रकाशित मिति: Oct 2, 2018

प्रतिक्रिया दिनुहोस्