Logo
२५ बैशाख २०८१, मंगलबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रशासन र डिन कार्यालयका कारण बीस विद्यार्थीको भविष्य अन्योलमा

इलाम : क्याम्पस प्रशासन र डिन कार्यालयका कारण यहाँस्थित महेन्द्र रत्नबहुमुखी क्याम्पसका बागबानी सङ्कायका २० जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ । गत वर्षसम्म ३० जना विद्यार्थी अध्ययनरत बागबानी सङ्कायमा हाल बढाएर क्याम्पसले ५० जनाको बनाएपछि समस्या आएको हो । आफूसँग दक्षजनशक्ति र भौतिक संरचनासमेत भएको भन्दै क्याम्पसले विद्यार्थी कोटा बढाएको थियो । तर, क्याम्पसले सम्बन्धन लिएको बताइरहे पनि सम्बन्धित कार्यालयले भने ३० जना विद्यार्थी मात्र दर्ता भएको जनाएपछि अन्य विद्यार्थीको भविष्य अन्योल भएको छ ।

आफूलाई क्याम्पसले ५० जनाकै कोटा रहेको भन्दै भर्ना गराएको र पछि डिन कार्यालयबाट ३० जनाको मात्र नाम आएको बागबानी सङ्काय प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी महिमा गौतमले बताउनुभयो । “शुरुमा हामी पढ्ने समयमा क्याम्पसले कोटा बढेको भन्दै भर्ना गराएको थियो । तर पछि डिन कार्यालयको रेकर्डमा ३० जनाको मात्र नाम रहेछ ।” उहाँले थप्नुभयो,“हामी त अब पढ्ने कि छाड्ने भन्नेमा छौँ । एक वर्ष त त्यसै जाने भयो ।”

बागबानी सङ्काय कृषिभित्र पर्ने विषय भए पनि सीमित कोटामा मात्र लोकसेवा भिड्नुपर्ने बाध्यता रहेको र ‘मास्टर’ पढ्नसमेत अन्य विश्वविद्यालयमा नपाइने गरेको अर्का विद्यार्थी मनिस लिम्बू बताउनुहुन्छ । ‘कृषि भित्रकै अरु विषय पढ्नेले सात विषयमा लोकसेवा पढ्न पाउँछन् तर हाम्रो भने तीनवटा मात्र पाइन्छ । हामीबीच किन्न भिन्नता ?’ लिम्बूले भन्नुभयो,“हामीले पटक–पटक यी विषयमा क्याम्पसलाई ध्यानाकर्षण गरायौं तर समाधान निस्केन ।”

विद्यार्थीले यी विषयमा क्याम्पस प्रशासन र डिन कार्यालयले समयमै समाधान नखोजे आन्दोलनमा जाने समेत चेतावनी दिएका छन् । “हाम्रो त भविष्य नै अन्योलमा छ । सम्बन्धित पक्षले यसै विषयमा समाधान नखोजे हामी आन्दोलनमा जानुको विकल्प रहदैन ।” विद्यार्थी मनिष लिम्बूले बताउनुभयो ।

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्