Logo
६ जेष्ठ २०८१, आईतबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा यात्रुवाहक रेल दुर्घटना, तर हताहत छैन

नयाँ दिल्ली : भारतको पूर्वी राज्य विहारको दरभङ्गा जिल्लामा रेल दुर्घटना भएको छ । रेलको पटरीबाट तीनओटा डिब्बा छुट्टिएर यो दुर्घटना भएको रेल सेवाका अधिकारीहरुले जानकारी दिएका छन् ।

तर यस दुर्घटनामा मानवीय हताहत भने नभएको समाचारमा प्रष्ट पारिएको छ । रेल सेवाका अधिकारीहरुले सो जानकारी दिएका छन् । बिहारको प्रान्तीय राजधानी पटनाबाट १४१ किलोमिटर उत्तरपूर्वमा पर्ने दरभाङ्गा जिल्लामा सो रेल दुर्घटना भएको छ ।

शुक्रबार बिहान सवेरै दरभाङ्गा–कोलकाता एक्पे्रस रेलमार्गमा उक्त दुर्घटना भएको समाचारमा जनाइएको छ । दुर्घटना भएको अवस्थामा रेलमा रहेका सवै यात्रुहरु निदाएका बताइएको छ । दरभङ्गास्थित रेल सेवाका एकजना अधिकारीले तर त्यसमा रहेका यात्रुहरु भने सकुशल रहेका जानकारी दिएका छन् ।

भारतको रेलमार्ग कतिपय स्थानमा निकै जीर्ण अवस्थामा छ । यसको मर्मत तथा नयाँ निर्माणका लागि १३७ अर्ब अमेरिकी डलर बराबरको रकम लाग्ने र यसको निर्माण अवधि पाँच वर्षं लाग्ने भन्दै भारतीय सरकारले सन् २०१५ मा यो आयोजनाको घोषणा गरेको थियो ।

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्