Logo
२७ बैशाख २०८१, बिहीबार
(September 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय सेकुलर नेता देवेगौडा पशुपतिनाथ मन्दिरमा (फोटो-फिचर)

काठमाडौँ : भारतीय सेकुलर नेता एचडी देवेगौडा शुक्रवार पशुपतिनाथ मन्दिर पुगेका छन् । भारतका पूर्व प्रधानमन्त्री समेत रहेका जनता दल सेकुलरका नेता एचडी देवेगौडाले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका हुन् ।

बिहीबार काठमाण्डौ आएका देवेगौडाले शुक्रबार बिहान झण्डै एक घण्टा लगाएर पूजा ५६ हजारको विशेष पूजा गरेका हुन् । पूजाका लागि उनीसँगै आएका पूजारीहरु पनि पशुपति गएका थिए । देवेगौडाले पशुपतिमा केही बृद्धलाई दान पनि गरेका छन् ।

उनलाई पशुपति विकास कोषले पशुपतिको प्रतिमा प्रदान गरेको थियो । पशुपतिनाथका पूजारी भट्टहरु कर्णाटककै हुन्छन् र देवेगौडा पनि कर्णाटककै हुन् । उनी तीन दिने निजी भ्रमणका लागि नेपाल आएका हुन् ।

पशुपतिमा देवेगौडाले लाख बत्ती पनि बाले । पूजा गरेर सकेपछि देवेगौडाले पशुपतिको आगन्तुक पुस्तिकामा आफ्नो सन्देश पनि लेखे । उनले पूजा गरेर निस्किएपछि भने, ‘परिवारको साथमा पशुपति दर्शनका लागि आएको हुँ, यहाँ पूजा गरेर र पशुपतिनाथको दर्शन गरेर आनन्द लागेको छ ।’

८५ वर्षीय देवेगौडा सन् १९९६ जुनदेखि करिब ११ महिनाका लागि भारतको प्रधान मन्त्री बनेका थिए । त्यसअघि उनी कर्णाटकका मुख्यमन्त्रीसमेत रहेका थिए । हाल उनका छोरा कुमारास्वामी त्यहाँको मुख्यमन्त्री छन् ।

प्रकाशित मिति: Sep 7, 2018

प्रतिक्रिया दिनुहोस्