Logo
१६ बैशाख २०८१, आईतबार
(July 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिटिजन्स बैंकको ४ लाख ६३ हजार कित्ता एफपिओ

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड को थप सार्वजनिक निष्काशन (एफपिओ) साउन १५ गतेदेखि बिक्रीमा आउने भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले एफपिओ निष्काशन गर्न लागेको हो ।बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्काशन गर्न लागेको हो ।

बैंकको एफपिओमा यही साउन १५ देखि छिटोमा १८ गतेसम्म र ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्युनतम ५० कित्ता देखि २३ सय कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

बैंकको एफपिओ सर्वसाधारणको लागि भएकोले बैंकका संस्थापक, सञ्चालक तथा प्रबन्ध सन्चालकहरुले भने आवेदन दिन नपाउने व्यवस्था गरिएको छ ।

संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ कायम गर्न बैंकले एफपिओ निष्कासन गर्न लागेको हो । हाल बैंकमा संस्थापकको ५१।२९ प्रतिशत तथा साधारण सेयरको ४८।७१ प्रतिशत सेयर अनुपात रहेको छ ।बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

एफपिओ पछि बैंकको चुक्तापूँजीमा ४ करोड ६३ लाख रुपैयाँ थपिनेछ भने त्यति नै रकम जगेडा कोषमा जम्मा हुनेछ । एफपिओ पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति: Jul 24, 2018

प्रतिक्रिया दिनुहोस्