Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घटिरहेको नेप्सेमा बुधबार सामान्य सुधार, कुनै पनि कम्पनीको कारोबार करोड नाघेन

बुधबार शेयरबजार सामान्य उकालो लागेको छ । कारोबारमा आएका अधिकांस समूहका सूचक सकारात्मक रहँदा नेप्से हरियो भएपनि अघिल्लो दिनको तुलनामा भने कारोबारमा कमी आएको छ । यसदिन कुनै पनि कम्पनीको करोड बढीको कारोबार हुन सकेन ।

आज नेप्से ४।६२ अंकले बढेर ११९९।४२ अंकमा पुगेको छ । कारोबारमा आएका नौ उप समूहमध्ये ६ समूहका सूचक सकारात्मक रहदा नेप्से सामान्य बढेको हो । १५७ कम्पनीको सेयर किनबेच भएको बजारमा १७ करोड ३० लाख बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा भन्दा चार करोड कम हो ।

यसदिन वाणिज्य बैंक, होटल, विकास बैंक, वित्त, माइक्रो र अन्य समूहका सूचक सकारात्मक रहेका छन भने जलविद्युत बीमा र उत्पादन समूहका सूचक ओरालो लागे । सबै भन्दा धेरै १९।८८ अंकले उत्पादन तथा प्रशोधन समुहमा गिरावट आएको छ । यस्तै हाइड्रोपावर ४।४७ र इन्स्योरेन्स ४।५८ अंकले घटेको छ ।

सबै भन्दा धेरै होटल समुह २०।६७ अंकले बढेको छ । यस्तै विकास बैंकको ११।९४, बैंकिङ्गको ५।५७, फाईनान्सको ०।२१, अन्यको ४।१८ र माइक्रो फाइनान्सको ४।४४ अंकले बढेको छ ।

प्रकाशित मिति: Jun 27, 2018

प्रतिक्रिया दिनुहोस्