Logo
२४ बैशाख २०८१, सोमबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्रिन टी दैनिक रूपमा पिउँदा के-के फाइदा हुन्छ ?

काठमाडौँ : ग्रीन टीका बारेमा पछिल्लो समय सबैले सुन्दै र थाहा पाउँदै आएका छौँ । स्वस्थ्य रहनका लागि धेरै चिकित्सकहरु, योग गुरु तथा वैद्यहरुले समेत ग्रीन टी पिउने सल्लाह दिने गरेको पाइएको छ । सामान्यतया चीयाका बोटका नयाँ नटिपिएका मुनाबाट प्रशोधन नगरी बनाइएको चिया नै ग्रीन टी मानिन्छ । ग्रीन टीमा भएका तत्वहरुले मानिसलाई निम्न कुराहरुमा फाइदा पुर्‍याउँछ ।

ग्रीन टी खाँदा के हुन्छ ?

  • ग्रिन टी दैनिक रूपमा पिउँदा मोटोपन घटाउँछ र तौल नियन्त्रण गर्छ ।
  • मधुमेह हुने सम्भावनालाई कम गराउँछ, यसले इन्सुलिन नियन्त्रण गर्छ, रगतमा चिनीको मात्रा पनि कम गराउँछ
  • एक अध्ययनका अनुसार ग्रिन टीले दिमागको सेललाई टुट्नबाट बचाउँछ, यसले अलजाइमर र पार्किन्सनको खतरा कम हुन्छ ।
  •  ग्रिन टीमा केटेचिन नामको एन्टिअक्साइड हुन्छ, जसले घाँटी तथा दाँतमा हुने संक्रमणबाट बचाउँछ ।
  •  यसले अनावश्यक तनावबाट मुक्ति दिन्छ ।
  •  ग्रिन टीले अनुहारमा सौन्दर्य थप्छ र चकम दिलाउँछ ।
  •  यसले ब्लडप्रेसर नियन्त्रण गर्छ, साथै मुटुका बिरामीलाई हृदयघातको सम्भावना कम गराउँछ ।

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्