Logo
२५ बैशाख २०८१, मंगलबार
(May 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार हरिबहादुर थापा ‘गोगो फाउण्डेशन अवार्ड’ बाट सम्मानित

काठमाडौँ : गोगो फाउण्डेशनले मुलुकमा असल शासन अभिवृद्धिका लागि विशिष्ट योगदान पु¥याएबापत पत्रकार हरिबहादुर थापालाई ‘गोगो फाउण्डेशन अवार्ड’ बाट सम्मानित गर्ने भएको छ ।  यो वर्ष पत्रकारिताको माध्यमबाट भ्रष्टाचारविरूद्धको अभियानमा विशिष्ठ योगदान गर्नुहुने कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापालाई उक्त अवार्ड प्रदान गर्ने निर्णय गरिएको फाउण्डेसनका कार्यकारी निर्देशक केदार खडकाले जानकारी दिनुभयो ।

फाउण्डेशनले मुलुकमा असल शासन अभिवृद्धिका लागि विशिष्ट योगदान गर्ने ‘पत्रकार’, ‘सार्वजनिक प्रशासक’ तथा ‘सामाजिक अभियन्ता’को पहिचान गरी त्यस्ता व्यक्तिलाई उत्पे्ररित गर्ने उद्देश्यले उक्त अवार्डको स्थापना गरेको हो ।

फाउण्डेसनले यो अवार्ड उल्लेखित तीन क्षेत्रमध्ये हरेक वर्ष कुनै एक क्षेत्रबाट सुशासनका लागि भ्रष्टाचारविरूद्धको अभियानमा विशिष्ट योगदान पु¥याउने एकजना व्यक्तित्वको चयन गरी सम्मान–पत्र, रनिङ शिल्ड तथा नगद पुरस्कारबाट सम्मानित गर्दै आएको छ । यसअघि डा भगवान कोइराला र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सो पुरस्कारबाट सम्मानित गरिएको थियो । (रासस)

प्रकाशित मिति: May 23, 2018

प्रतिक्रिया दिनुहोस्