Logo
२ जेष्ठ २०८१, बुधबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिचौलिया बनेर सेवाग्राहीलाई ठग्ने २९ जनालाई पक्राउ

काठमाडौं : प्रहरीले वैदेशिक रोजगार विभागमा बिचौलिया बनेर सेवाग्राहीलाई ठग्ने २९ जनालाई पक्रिएको छ ।

वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालय अगाडि श्रमको फारम भराउने नाममा अवैध रकम असुलिरहेका उनीहरुलाइ पक्रिएको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिएका छन् । विभागमा सेवाग्राही ठगिएको गुनासोको आधारमा सेवाग्राही बनेर सादा पोशाकमा खटिएका प्रहरीलाई नै बिचौलियाले ठग्न खोजेपछि उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

सेवाग्राहीले बिचौलियाले श्रमको फारम अनलाइन भर्ने र वैदेशिक रोजगारमा जानेहरूको बीमा गरिदिने नाममा २५ सय रुपैयाँसम्म असुल्ने गरेको गुनासो गरेपछि प्रहरीले उनीहरुलाई पक्रिन सादा पोशाकका प्रहरी खटाएको हो ।

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्