Logo
२ जेष्ठ २०८१, बुधबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिलामाथि बलात्कार गर्ने र कालोमोसो दल्ने ७ जनालाई प्रहरीद्धारा पक्राउ

कैलाली : कैलालीको कैलारी गाउँपालिका १ दक्षिण मन्झरामा महिलामाथि दुव्र्यवहार गर्ने र कालोमोसो दल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई बलात्कारको प्रयास गरेको भन्दै स्थानीयले एक युवकलाई कालोमोसो दल्दै जुत्ताको माला लगाएर २ लाख रुपैयाँ जरिवाना तिराएका थिए ।

यो घटनाको बारेमा प्रहरीले छानविन सुरु गरी गत शनिवार उक्त घटना भएपनि प्रहरीले सोमबार मात्रै जानकारी पाएको थियो । उक्त घटना सार्वजनिक भए लगत्तै महिलामाथि दुव्र्यवहार गर्न खोज्ने कृष्णबहादुर चौधरीलाई कालोमोसो दल्ने अन्य ६ जनालाई कैलाली प्रहरीले पक्राउ गरेको हो । महिलामाथि दुर्व्यवहार गर्न खोज्ने चौधरीलाई कालोमोसो दल्ने, जुत्ताको माला लगाउने कार्यमा संलग्न भएको आरोपमा भलमन्सा बुद्धिराम चौधरी, स्थानीय दुखिराम चौधरी, मसराम चौधरी, खोजराम चौधरी र छेदुराम चौधरीलाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

पक्राउ परेका ६ जनालाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रवक्ता बुढामगरले बताए । त्यस्तै महिलामाथि दुव्र्यवहार गर्ने कृष्ण चौधरीलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । गत २३ गते रातिको समयमा महिला एक्लै घरमा भएको बेला कृष्ण चौधरीले बलात्कारको प्रयास गरेका थिए । महिला कराएपछि स्थानीयले कृष्णलाई कब्जामा लिई चैत २४ गते भलमन्सा बुद्धिराम चौधरी लगायतको उपस्थितिमा कालोमोसो र जुत्ताको माला लगाउदै दुई लाख जरिवाना गराउने कागज गराएका छन् ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्