Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई सुन तस्करी मुक्त गराउने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं : हालसम्म ऐनविना नै व्यवसाय गरिरहेका सुनचाँदी व्यवसायीका लागि छुट्टै ऐन बन्ने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आयोजना गरेको पाँचौं वार्षिक साधारणसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनचाँदी व्यवसायीका लागि ऐन निर्माण गरिने बताए । साथै, आगामी दिनमा नेपाललाई सुन तस्करी मुक्त गराउने प्रधानमन्त्री ओलीले बताए । सो सभाले सुनचाँदी व्यवसायीलाई थप प्रतिस्पर्धी बनाउने प्रस्ताव पारित गरेको छ ।

सभाले सुनचाँदीको व्यवसायलाई स्पष्ट नियमन गर्ने, कानूनको अभावलाई पूर्ति गर्ने प्रस्ताव पारित गरेको अभियानमा लेखिएको छ । आन्तरिक बजार व्यवस्थित गर्दै लगानीकर्ता तथा उपभोक्ताको हित संरक्षण गर्न सुनचाँदी मापदण्ड कार्यान्वयन हुने भएको छ । हालै गुणस्तर मापन गर्ने टञ्च मेशिनको प्रयोग प्रत्येक प्रदेश र जिल्लामा जडान गरिने भएको छ ।

कार्यक्रममा आर्थिक अभियान र न्यूज २४ लाई ‘फेनेगोसिडा पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो । साथै, महासङ्घका प्रवक्ता मनोजकुमार शाह र रूपन्देहीका अध्यक्ष विक्रमबहादुर सुनार पनि सम्मानित भएका थिए ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्