Logo
२४ बैशाख २०८१, सोमबार
(April 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्चारकर्मीको पारिश्रमिक र सुरक्षामा सरकार संवेदनशील बन्नुपर्नेमा जोड

काठमाडौं : काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्र गरेका पूर्वाधार निर्माण तथा स्थानीय विकाससम्बन्धी कार्र्यको प्रगति प्रतिवेदन चाँडो सार्वजनिक गर्ने भएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको प्रदेश नं ३ कमिटीले आज यहाँ आयोजना गरेको वनभोज तथा सम्मान कार्यक्रममा महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बाहिर प्रचार नभए पनि भित्रभित्र काम भइरहेको र त्यसको विवरण छिट्टै जानकारीमा ल्याइने बताए ।

उनले मुलुकमा निर्वाचनपछि तीनै तहमा वाम गठबन्धनको नेतृत्व रहेकाले स्रोत साधन परिचालन र समन्वयमा सहज हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।

नेकपा (एमाले)का नेता डा राजन भट्टराईले स्थानीयदेखि केन्द्रीय तहसम्म भ्रष्टाचार नियन्त्रण गरेर जनअपेक्षाअनुसार विकास निर्माणमा लगानी गरी रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेलले बूढानीलकण्ठ, गोकर्ण, पशुपतिनाथलगायतका धार्मिक क्षेत्रलाई सञ्जाल जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट आउने धार्मिक पर्यटकलाई आकर्षित गर्ने योजना रहेको बताए ।

प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारी, प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदीलगायतले पत्रकारिताको क्षेत्रलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिँदै सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक कायम गरी उनीहरुको सुरक्षा गरिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: Apr 7, 2018

प्रतिक्रिया दिनुहोस्