Logo
२४ बैशाख २०८१, सोमबार
(April 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोटो पत्रकार समूहको अध्यक्षमा महतो निर्वाचित

पर्सा: राष्ट्रिय फोटो पत्रकार समूह पर्साको अध्यक्षमा राष्ट्रिय समाचार समिति पर्साका प्रतिनिधि विजय महतो सर्वसम्मत चयन भएका छन् ।

वीरगञ्जमा आज सम्पन्न राष्ट्रिय फोटो पत्रकार समूह पर्साको छैटौँ साधारणसभाले महतोलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

फोटो पत्रकार समूह पर्सा शाखाका अध्यक्ष पंकज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले नयाँ नेतृत्वको सफल कार्यकालको शुभकामना दिए ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले फोटो पत्रकार समूहले आयोजना गर्ने तालीममा उद्योग वाणिज्य संघले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: Apr 7, 2018

प्रतिक्रिया दिनुहोस्