Logo
२ जेष्ठ २०८१, बुधबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बृद्धालाई बलात्कार गरी फरार रहेका तामाङ प्रहरीद्धारा पक्राउ

काठमाडौं : गत फागुन २७ गते काठमाडौंको तार्केश्वर नगरपालिका–१ कुन्चिप्वाकल निवासी एक ९२ वर्षीया बृद्धालाई बलात्कार गरी फरार भएका २८ वर्षीय कृष्ण तामाङलाई प्रहरीले पक्राउ गरेको छ । ।

बृद्धाको बलात्कार गरी फरार भएका तामाङ गौशालास्थित पशुपति मन्दिर नजिकैबाट पक्राउ परेका हुन् । तामाङले ती वृद्धालाई उनको घर नजिकै रहेको गोठमा जबर्जतस्ती करणी गरेको प्रहरीले जनाएको छ । ती वृद्धालाई बलात्कार गर्नुका साथै कानमा लगाएको सुनको मुन्द्रा र साथमा रहेको नगद पैसा पनि लुटेका थिए ।

अभियुक्तलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्