Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा जर्मनी बियर : पानी वाहेक सबै कच्चा पदार्थ जर्मनीबाट

रूपन्देही : राज ब्रुअरीले नेपालमा वार्सटाइनर बियर उद्योग सञ्चालनमा ल्याएको छ । जर्मनी प्रविधिको यो उद्योगले नवलपरासीको रामग्राम–८ हाकुईबाट ‘वार्सटाइनर’ ब्राण्डमा बियरको व्यावसायिक उत्पादन शुरू गरेको हो ।

उद्योगको जर्मनीमा सञ्चालित राज ब्रुअरी डिष्टिलरी उद्योगका प्रमुख म्यागी शाह र क्याटरिन क्यामरले बुधवार उद्घाटन गरे । मध्यम वर्गलाई लक्ष्य गरी राज ब्रुअरीले नेपालमा लगानी गरेको हो । वार्सटाइनर बियरका नेपाल प्रमुख राजबहादुर शाहले उद्योगले दक्षिण एशियामै गुणस्तरीय बियर उत्पादन गर्ने बताए । ३ महीनाअघि नै बजारमा पु¥याउन शुरू गरिएको उद्योगको उत्पादनलाई उपभोक्ताले रुचाएको उनले बताए । उद्योगले दैनिक ५ हजार केस बियर उत्पादन गर्नेछ । बियरको मूल्य प्रतिगोटा २ सय ९५ नेपाली रुपैयाँ रहेको छ ।

उद्योग प्रमुख शाहले आफूहरूको उद्योगले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने बताए । कम्पनीले आफ्नो उत्पादन नेपाली बजारका साथै भारत, भुटान र बङ्गलादेशका बजारसम्म पु¥याउने लक्ष्य राखेको छ । उद्योगले बियर बनाउन आवश्यक (पानीबाहेक) सबै कच्चा पदार्थ जर्मनीबाट ल्याउने गरेको उद्योगले जानकारी गराएको छ ।

बियर जौ, मर्चा, हप्स र पानी कच्चा पदार्थको रूपमा प्रयोग हुन्छ । तत्कालका लागि कम्पनीले बियरका लागि चाहिने कच्चा पदार्थदेखि पिउने गिलाससम्म जर्मनीबाट ल्याइरहेको छ । उद्योगमा २ सय ५० जनाले रोजगारी पाएका छन् ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्