Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संकटमा जग्गामा माफिया : ऐलानी जग्गा खोज्दै इटहरीका मेयर

सुनसरी :  इटहरीका मेयर द्धारिकलाल चौधरी अहिले ऐलानी जग्गा हड्प्नेहरुको खोजी गर्ने थालेका छन । इटहरी उपमहानगरपालीका भित्र १ हजार विगाह भन्दा धेरै ऐलानी जग्गाहरुमा माफियाहरुको जगजगी बढेको भन्दै इटहरीका मेयर चौधरीले सडक,पैनी बाहेक उपयोगमा आउँने ऐलानी जग्गामा खोज्ने अभियान सुरु गरेका हुन । लामो समय देखि जनप्रतिनिधि नहुदा ऐलानी जग्गामा माफियाहरुको मनपरीतन्त्र बढ्रदै आएको कारण अधिकांस एलानी जग्गा मिचिएको कारण उक्त जग्गाकोे खोजीमा लागेको मेयर चौधरीले वताएका छन ।

सुरुमा आफै भत्काउँन निर्देशन दिन्छु नमाने आफै भत्काईदिन्छौ भत्काउँन लागेको खर्च उनीहरुलाई नै ब्यहोराउँछौ मेयर चौधरीले भने । इटहरीमा ऐलानी जग्गाको दोहन बढिरहेको भन्दै यसलाई नियन्त्रण गर्ने आफ्नो अभियान सञ्चालनमा ल्याएको उनको भनाई थियो । पछिल्लो समयमा पूर्वको हब बन्दै गएको इटहरीमा ऐलानी जग्गा बढि मात्रामा प्लटिङ गर्ने जग्गा दलालीहरुले मिचेको इटहरी उपमहानगरपालीकाले लामो समय देखि वताउँदै जग्गा जमिन मिच्ने माफियाहरु धेर भएको भन्दै जग्गा हडप्नेलाई तत्काल जग्गा छोड्न निर्देशन समेत आफुले दिएको वताएका छन ।

साविक खनार गाविसमा उपयोगमा आउँने दुई विगाह ५ कठ्ठा जग्गामा सुनर चौधरीका छोराहरुले खेतीकिशान गदै आएको भेटियो चौधरीले भने । धान खेती गरेको अवस्थामा फेला पारेको छौ तर उनीहरुले जग्गा आफ्नो दावी गदै अआएको हामी नक्सा तथा कित्ताहरु छुट्याईरहेको छौ मेयर चौधरीले थपे । जग्गा प्लटिङ मापदण्ड विपरीत जथाभावी भएको कारण इटहरी वर्षेनी ढुब्ने गरेको भन्दै उनले ऐलानी जग्गामा रजाई भईरहेका् भन्दै जग्गा खोज्ने अभियान सुरु गरेको वताएका हुन ।

सुनसरीको इटहरी स्थित नेपाल डिभएम ग्लोबल एकेडमी(नेपाल दयानन्द वैदिक मिसन) ले ऐलानी जग्गा मिचेर निजि स्कुलको भबन बनाएको भन्द खाली गर्ने निर्देशन केहि दिन अगाडी दिएका थिए । मनपरी प्लटिङ सँगै इटहरी उपमहानगरपालीका क्षेत्रमा सरकारी पैनी तथा ऐलानी जग्गाहरुको अतिक्रमण वढेको छ । संघीय मामिला तथा स्थानिय बिकास मंत्रालयले मापदण्ड बमोजिम प्लटिङ कारोबार गर्ने नपाईने भए पनि इटहरीमा मापदण्ड विपरीत प्लटिङले पैनीहरु मिच्चिरहेका छन । इटहरीमा अधिकांस सरकारी जग्गाहरु ब्यक्तिले दोहन गरीरहेको पाईन्छ ।

कृषि योग्य जमिन प्लटिङ हुन थालेपछि सार्वजनिक महत्वको चौर, पोखरी, नदीनाला वनजंगलहरु अतिक्रमण हुने समस्या देखा परिरहेका छन । बस्ती विकासको नाममा प्राकृतिक स्वरुप नष्ट पार्ने, कुलो र सार्वजनिक स्थलहरुलाई जग्गा दलालहरुले हडप्पी रहेका छन । सार्वजनिक बाटोलाई कायम गर्र्नु पर्ने, ६ मिटर भन्दा कम चौडाई भएको बाटोमा ग्रेभेल,कालोपत्रे, विद्युत, खानेपानी, टेलिफोन जस्ता पूर्वाधार समेत प्लटिङमा हुनुपर्ने उपमहानगरपालिकाको नियममा भए पनि कार्यन्वय नभईरहेको वेला जनप्रतिनिधिहरुले चासो देखाउँदा सर्वसाधरणहरुले साथ दिईरहेका छन ।

एक वर्ष अगाडी उपमहानरपालीकाको इन्जिनियर विकास भट्टराईको संयोजकतत्वमा ऐलानी जग्गा खोज्ने समिति वनेका थियो । उक्त समितिले ९ सय ९५ विगाह ६ कठ्ठा डेढ धुर जग्गा फेला परेको जनाएको छ । जसमा सार्वजनिक रुपमा निर्माण भएका मन्दिर, धर्मशाला, मसानघाट, गौचरण र खोला आदीको जग्गा संरक्षण नहुँदा भुमाफियाको कारण जग्गा दुरुपयोग समेत भएको प्रतिबेदन उपमहानगरपालीकालाई वुझाएको थियो भन्दै ब्लाष्टमा खबर छ ।

प्रकाशित मिति: Mar 8, 2018

प्रतिक्रिया दिनुहोस्