Logo
९ जेष्ठ २०८२, बिहीबार
(May 5, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाईजोमा दिएको मोटरसाईकल समयमा नदिएपछि एक युवतिलाई हत्या

दाईजोमा स्वीकार गरिएको मोटरसाईकल समयमा नदिएपछि एक युवतिलाई हत्या गरिदिएको आरोप परिवारजनले लगाएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ रतौली बस्ने स्थानीय लक्ष्मी साहकी १८ बर्षिय छोरी ज्योती साहको हत्या गरिएको आरोप परिवारजनले लगाएका छन् ।

करिब ७ महिना अगाडी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ पीडारी बस्ने स्थानीय रामहरी साहको २१ बर्षिय छोरा किसान साहले दाईजोमा मोटरसाईकल नदिएपछि हत्या गरेको बताएको छ ।

विवाहको बेला ससुरा पक्षले मोटरसाईकल दिन्छु भनी स्वीकार गरेको तर ७ महिना बित्दा पनि मोटरसाईकल नदिएको भन्दै मारेर झुण्डयाइदिएको आरोप माईती पक्षले लगाएको छ ।

गत सोमबार मात्र माईतबाट ससुरा आएकी ज्योती साह जनकपुरको प्रादेशिक अस्पतालमा मृत भेटिइन् । उनलाई घरमै मारेर झुण्डयाएको आरोप परिवारजनले लगाएको छ ।

प्रहरीले तत्कालै उनका श्रीमान किसन साहलाई पक्राउ गरेको छ । उनको सासुलाई समेत पक्राउ गरिएपनि वडाध्यक्षले जमानत बसेपछि उनलाई छाडिएको बताईएको छ ।

परिवारजनले दिएको जानकारी अनुसार, ज्योतिको पेटमा ३ महिनाको गर्भ थियो । लासको प्रकृति हेर्दा उनको कनचटमा जोडले हानिएको छ । हात समेत भाँचिएको देखिएको छ । आफ्नै घरमा झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । शव पोष्टमार्टमको लागि जनकपुर ल्याएपछि मात्र ज्योतिको परिवारलाई खवर गरिएको बताईएको छ ।

माईती पक्षले दाईजोको मोटरसाईकलको लागि अहिले रकम नभएको तथा दुई बर्षपछि मोटरसाईकल दिने वाचा गरेको थियो । यो बीचमै किसनले उनलाई मारेको आरोप लगाएको छ । यद्यपी, धनुषा प्रहरीले यसबारे केही जानकारी दिएको छैनन् ।

माईत पक्षले यस्ता आरोपहरु लगाएपनि ससुरा पक्षबाट कोही सम्पर्कमा आउन चाहेनन् । घटना बारे यथार्थ बुझ्न खोज्दा जिल्ला प्रहरीले सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति: May 5, 2025

प्रतिक्रिया दिनुहोस्