Logo
२४ बैशाख २०८१, सोमबार
(February 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उड्ययन प्राधिकरणको कर्मचारी युनियनलाई उपेन्द्र यादवले के दिए सुझाव ? (भिडियो)

काठमाडौं : संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले देशमा बढ्दो कमिशन र भ्रष्टाचार नियन्त्रण नयाँ सरकारको लागि ठुलो चुनौतीको रुपमा रहेको बताएका छन ।

मधेश तराई कर्मचारी युनियन नेपाल उड्ययन प्राधिकरणद्धारा आयोजित होलीको शुभकामना आदान प्रदान एवं चौथो महाधिबेशनको कार्यक्रममा बोल्दै नेता यादवले यस्तो बताएका हुन ।

तिनकुने स्थित एक पार्टी प्यालेसमा सोमबार आयोजित सो कार्यक्रममा बोल्दै नेता यादवले जनतालाई शुसासनको अनुभूति गराउनु , उत्पदान गर्न नसकेका उत्पादनशिल वस्तुहरुको व्यवस्थापन गर्नु र भ्रष्टाचार नियन्त्रण गर्नु नयाँ सरकारको लागि ठुलो चुनौती सावित हुने बताए ।

अब बन्ने नया राष्ट्रिय सरकारले यस्ता चुनौतीहरुको सामना गरी देशलाई नयाँ दिशा प्रदान गर्नु पर्ने आवश्यतामा उनले जोड दिए ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Feb 26, 2018

प्रतिक्रिया दिनुहोस्