Logo
१५ बैशाख २०८१, शनिबार
(October 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भुकम्पको इपि सेन्टर बझाङमा रवि लामिछाने : राहत उद्दारमा सहकार्य गर्दै (हेर्नुस् भिडियो)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भुकम्पको इपि सेन्टर बझाङ पुगेका छन् ।  लामिछानेले बझाङमा गएको भुकम्पको क्षति र गरिनुपर्ने कामबारे प्रशासन र सुरक्षा निकायसँग छलफल समेत गरेका छन् ।

उनी आज दिनभरि पनि प्रभावित ठाउँमा पुग्ने भएका छन् ।

सो क्रममा आफूहरुले लगेको टेन्टलगायतका सामाग्री प्रमुख जिल्ला अधिकारीलाई बुझाएको पनि जनाएका छन् । उनकाअनुसार भुकम्प प्रभावित बझाङका कैयौं परिवार अस्थायी आवासमा छन् ।

फेसबुक मार्फत उनले भनेका छन् फेसबुक मार्फत उनले भनेका छन् : 

भुकम्पको क्षति र हामीले गर्नु पर्ने कर्तव्य बारे प्रशासन र सुरक्षा निकायसँग छलफल भयो। हामीले ल्याएका टेन्ट लगायतका सामग्री प्रजीअ ज्यु लाई बुझायौं। भूकम्प प्रभावित बझाङका कैयाैं परिवार अस्थायी आवासमा छन्। तिनकाे उचित व्यवस्थापनमा स्थानीय सरकार र प्रशासनले सक्दाे प्रयास गरेका छन्। तर, त्याे मात्र प्रयाप्त नहुन सक्छ। त्यसैले, सहृदयी महानुभावहरुले जिल्ला प्रशासन कार्यालय, बझाङसँग समन्वय गरेर मात्रै सहयाेग गर्न हुन आव्हान गर्दछु। आज दिनभर प्रभावित ठाउहरुमा पुग्नेछु। यस्तो दुखमा पनि हासेर स्वागत गर्नु हुने बझाङवासीहरु भगवान जस्ता रहेछन् । तपाईको दुख केन्द्र सम्म लैजाने इमानदार कोशिस गरिरहनेछु।

भुकम्पले निकै क्षति पुगेको बझाङ जिल्ला पुगेका छौं। आज राति नै चैनपुर पुग्ने छौं । राहत उद्दारमा सरकारलाई झक्झक्याउने छौं , सकेको पहल गर्नेछौं । रास्वपा बझाङका साथीहरू हिजै देखि सहयोगमा जुट्नु भएको छ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Oct 5, 2023

प्रतिक्रिया दिनुहोस्