Logo
२ जेष्ठ २०८१, बुधबार
(February 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

९०० एम्पुल लागुऔषधसहित नृपकुमार पक्राउ

काठमाडौँ : महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित नृपकुमार साहलाई आइताबार बिहान पक्राउ गरेको छ । प्रभागका प्रमुख केशवराज भट्टले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ६५९६ नंको यात्रुवाहक बस जाँचका क्रममा ९०० एम्पुल लागुऔषधसहित बहोदरामाई नगरपालिका पर्साका २२ वर्षीय साहलाई पक्राउ गरिएको जानकारी दिए । अभियुक्त साहलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको प्रभागले जनाएको छ ।

प्रकाशित मिति: Feb 11, 2018

प्रतिक्रिया दिनुहोस्