Logo
२ जेष्ठ २०८१, बुधबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामूहिक बलात्कार प्रकरण पछि इन्सपेक्टर निलम्बनमा

काठमाडौं : काठमाडौंको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा एक यूवतीमाथि भएको सामूहिक बलात्कारको घटनामा नेपाल प्रहरीका इन्सपेक्टर लक्ष्मण ठकुरी निलम्बनमा परेका छन् ।

यसअघि छानबिनका लागि प्रहरी प्रधान कार्यालयको १ नम्बर गणमा तानिएका उनलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए । यसबारे प्रहरीले छुट्टाछुट्टै दुई ओटा समिति बनाएर अनुसन्धान गरिरहेको छ ।

महानगरीय प्रहरी बृत्त दरबारमार्गको मुद्दा फाँटमा कार्यरत इन्सपेक्टर ठकुरीले गुपचुप रुपमा बलात्कार मुद्दा आर्थिक लेनदेनमा मिलाएको आरोप लाग्दै आएको छ ।

सोहि प्रकरणमा प्रहरीले सई चन्द्र भण्डारीलाई निलम्बन गरिसकेको छ भने बृत्तका डिएसपी तिलक भारतीलाई पनि महानगरीय प्रहरी परिसर काठमाडौंमा तानिएको छ ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्