Logo
२७ बैशाख २०८१, बिहीबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आनको अध्यक्षमा रवीन्द्रकुमार रिजाल ‘शशि’ सर्वसम्मत चयन

काठमाडौं : नेपाल विज्ञापन सङ्घ (आन)को अध्यक्षमा की एडभरटाइजिङ एजेन्सीका प्रबन्ध निर्देशक रवीन्द्रकुमार रिजाल ‘शशि’ सर्वसम्मत रूपमा चयन भएका छन् । केही दिनअघि भएको उम्मेदवारी दर्तामा अन्य कसैको उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत चयन भएको बिहीवार सम्पन्न आनको साधारणसभाले घोषणा गरेको छ ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सोमप्रसाद धिताल, प्रथम उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिवमा राजु कुइकेल, सचिवमा कृष्णप्रसाद घिमिरे र सहकोषाध्यक्षमा पङ्कज प्रधानको मात्रै उम्मेदवारी परेकाले उनीहरू निर्विरोध चयन भएका हुन् । यस्तै, ६ जना सदस्यमा रोधन प्रसार्इं, रमेश पुरी, विशालपुरुष ढकाल, अरुणकाजी स्थापित, किरण गैरे र सन्तोष खड्का छन् । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आनको १८औं साधारणसभा उद्घाटन गर्दै सञ्चारमाध्यममा क्लिन फिड नीति लागू गर्ने तयारी भइरहेको जानकारी दिए । गत साउन १ गतेदेखि नै लागू गर्ने तयारी भए पनि त्यतिबेला रोकिएको यो नीति पुनः लागू हने उनले बताए । क्लिन फिडले नेपाली विज्ञापन व्यवसायलाई अझै परिस्कृत गर्ने बताउँदै मन्त्री बस्नेतले सबैसँगको छलफलपछि अगाडि बढ्ने बताए ।

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्