Logo
२३ बैशाख २०८१, आईतबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभामा तुलानारायाणदेखि दिपेन्द्र झासम्मको लविङ्ग

काठमाडौं : निर्वाचन अहायोगले तालिका सार्वजनिक गरे लगतै राष्ट्रियसभा निर्वाचनका लागि दलहरु क्रियाशिल भएका छन् । स्थानिय तह र प्रदेशसभा सदस्यको संख्या लगायतका अधारमा दलहरुले सिट पाउने छन् । जस्का लागि दलहरु आआफना उम्मेदवार प्रस्तूत गर्नेछन् ।

यता, लगभग २ ३ ओटा सिट पाउने अवस्था रहेका राष्ट्रिय जनता पार्टी र ३ ४ ओटा सिट पाउने देखिएका संघिय समाजवादी फोरममा राष्ट्रियसभा सदस्यका लागि आकाक्षीहरु चौतर्फी लविङ्ग सुरु गरेका छन् । फोरममा लगभग नामहरु तय झै भएता पनि यता राजपामा भने पार्टी बाहिरका केहि ब्यक्तिहरुले लविङ्ग थालेका छन् ।

राजपा भित्र बृषेशचन्द्र लाल र अरुणकुमार सिंह लगायतका नाम चर्चामा छन् भने पार्टी बाहिरबाट दिपेन्द्र झा, तुलानारायाण साह, राजेश  झा अहिराज, गणेश मण्डल लगायतले लविङ्ग थालेका छन् । श्रोतले भने राष्ट्रियसभामा बौद्धिकस्तरका ब्यक्तिहरु जानुपर्ने भन्दै यी महानुभावहरुले लविङ्ग थालेका छन् ।

तर श्रोतका अनुसार पार्टीमा भने खासै कुनै शिर्ष नेताहरुले यी महानुभावहरुको नामसम्म सुन्न इच्छुक छैनन् , यी महानाुभावहरु बिगतदेखि अहिलेसम्म उल्टै मधेशी पार्टीलाई कमजोर बनाउने कार्य नै गरेका आरोप छ । पार्टी श्रोत भन्छन् सकेसम्म पार्टी भित्रबाटै उम्मेदवार बनाइनेछ भने उक्त उम्मेदवारहरु बौद्धिक स्तरका रहनेछन् । पछिल्लो समय मधेशकेन्द्रित पार्टीका कटर विरोधी मानिने भ्रष्टचार मुद्दामा जेलसमेत भेगेका नेता जेपि गुप्ताका तत्कालिन स्वकिय सचिव रहेका साहलाई खासगरी राजपाका नेताहरुले अपनत्व मान्ने गरेका छैनन् ।

राजपा श्रोतका अनुसार राजपा अध्यक्ष मंडलका संयोजक महन्थ ठाकुरले बृषेशचन्द्र लाल र अध्यक्ष मंडलका अर्का नेता शिर्ष नेता राजेन्द्र महतोले आफ्ना निकटतम अरुणकुमार सिहका नाम प्रस्तूत गरेका छन् । सिंह सर्लाही निवासी एवं महतोका बिशवासपात्र मान्छिन् । त्यस्तै, राजिव झा, मनोज चौधरी, राजिव चौधरी, राजाराम पासवान लगायतका नाम पनि पार्टीभित्र चर्चामा छन् ।

तर राजपा शिर्ष नेताहरुले औपचारिक रुपमा भने कसैको नाम बताएका छैनन । बैठकमा भएको सहमती अनुसार मात्र कुनै नाम प्रस्तूत गरिने राजपा अध्यक्ष मण्डलका अर्का महेन्द्रराय यादवले बताए । यता, फोरममा अशोक राई, रेखा यादव लगायतका नाम चर्चामा छन् । फोरमका नेताहरुले पनि औपचारिक रुपमा कुनै नाम तय भइनसकेको दावी गरेका छन् ।

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्