Logo
२७ बैशाख २०८१, बिहीबार
(December 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीलाई समानुपातिकमा सिफारिस नगरेपछि राजपा कार्यालय तोडफोड

काठमाडौंं : राष्ट्रिय जनता पार्टी नेपालको समानुपातिक सूचीमा आफ्नो नाम नपरेको भन्दै आक्रोशित समुहले पार्टी कार्यालयमा तोडफोड गरेको छ । राजपा नेपालले आज समानुपातिकको सूची आयोगलाई बुझाएको छ । नेपाल मधेशी कर्मचारी मञ्चका पूर्वअध्यक्ष विनोद सिंहको नाम समानुपातिक सूचिमा नपरेको कारण उनका सहयोगीहरुले तोडफोड गरेको बताइएको छ ।

पार्टीले पुर्व शर्तअनुसार मधेशी निजामती कर्मचारी मंचका नेता बिनोदकुमा सिंहलाई समानुपातिक तर्फ प्रदेश सभामा सिफारिस नगरेपछि कर्मचारीहरुले पार्टी कार्यालय तोडफोड गरिइएको बताइएको छ । राजपा नेताहरूका अनुसार धम्कीका साथ सिंहको नाम सिफारिस गर्न अरहेपछी उनको नाम सिफारिस नगरिएको हो । “कसको नाम सिफारिस गर्ने त्यो पार्टीको काम हो कसैले हामिलाई आदेश दिन मिल्दैन”  एक नेताले भने “हामी उहाँहरुको घर भाडामा लिएर पार्टी कार्यालय राखेका हौं तर उहाँहरुले हामिमाथी आदेश नै चलाउन थाले त्यसैको परिणाम हो सिंहजी नाम परेन ।”

पार्टीले आफूलाई समानुपातिकमा नाम नराखेर अन्याय गरेको गुनासो विनोद चौधरील गरे । ‘उनले भने, ‘आफ्नो जागिर १० वर्ष अझै बाँकी थियो तर राजपा नेपालले संसदको टिकट दिने भनेर राजिनामा दिन लगाएको थियो तर, टिकट नदिएर समानुपातिकको उम्मेद्वार बनायो आज नामावली बुझाउँदा मेरो नाम हटाएको छ त्यसले मलाई दुख लागेको छ ।’  आफ्नो नाम अल्पसँख्यकको एक नम्बरमै थियो तैपनि नाम नराखेको गुनासो उनले गरे । उनले भने, ‘पार्टीमा कसले तोडफोड गर्यो मलाई थाह छैन, मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीलाई नै सोध्नुस् ।’ भुवनेश्वर चौधरीलाई सम्पर्क गर्दा सम्पर्कमा हुन सकेन ।

सिंहको नाम नपरेपछि कर्मचारी मंचले आफ्ना पार्टी कार्यालयमा तोडफोड नै गरेको उक्त नेताले आरोप लगाए । यता कर्मचारी मंचले भने एक विज्ञप्ती जारी गर्दै सिंहको नाम नपरेकोमा त्यसको भत्र्सना गरेको छ । राजपा नेपालले बुझाएको नामावलीमा बविता चौधरी, निलम देवी भुमिहारनी, अन्जुकुमारी, पुनम यादव, विभा ठाकुर, डिम्पल झा, रामनरेश राय यादव, जानकीशरण साह, रामप्रवेश बैठा र लैला खातुनको नाम रहेको छ । त्यस्तै,राजपाले प्रदेश नं ५ का लागि अब्दुल क़ादिर शेख़ र प्रदेश नं ७ मा सुनिता चौधरीको नाम सिफारिस गरेको छ ।

 

कर्मचारी मंचको विज्ञप्ति :

प्रकाशित मिति: Dec 29, 2017

प्रतिक्रिया दिनुहोस्