Logo
२७ बैशाख २०८१, बिहीबार
(December 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेले छान्यो ७५ जना समानुपातिक प्रदेशसभा सदस्य

नेकपा (एमाले)ले प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको नामावली निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी कमिटीको बैठले सात वटै प्रदेशमा गरी ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

एमालले प्रदेश नं. १ मा १५, प्रदेश नं. २ मा ७, प्रदेश नं. ३ मा १६, प्रदेश नं. ४ मा १०, प्रदेश नं. ५ मा १३, प्रदेश नं. ६ मा ६ र प्रदेश नं. ७ मा ८ प्रदेशसभा सदस्यको सिट पाएको थियो ।

सचिव प्रदीप ज्ञवालीका अनुसार प्रदेशसभा सदस्यको नामावली यसप्रकार छन् 
प्रदेश नं १

विनादेवी राई, सावित्री जोशी, उषाकला राई, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, आशारत्न जबेगु, यशोदा अधिकारी, अम्बिका थापा, सरिता थापा, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, जसमाया गजमेर (विश्वकर्मा), वसन्तीदेवी यादव र गुलेफुन मियाँ हुनुहुन्छ ।

प्रदेश नं २

त्यसैगरी प्रदेश नं २ मा सीता गुरुङ, रवीन्द्र बैठा धोवी, डा मनोजकुमार सिंह, जकतारैन देवी सुडिन साह, अनिताकुमारी यादव, मञ्जुकुमारी यादव र हसिमा खातुन हुनुहुन्छ ।

प्रदेश नं ३

प्रदेश नं ३ मा बेलिमैया घले, जुनेलीमाया श्रेष्ठ, सरस्वती बाटी, शान्ति थिङ, देवकी श्रेष्ठ (वान्तवा), इन्द्रमाया गुरुङ, सीता लामा, आशमाया तामाङ, उर्मिला कर्माचार्य, रचना खड्का, मुनु सिग्देल, सरस्वती बस्नेत, गोमा भुर्तेल, मीना ज्ञवाली (नेपाल), पार्वती सिलवाल र मैना अछामी सार्की हुनुहुन्छ ।

प्रदेश नं ४

प्रदेश नं ४ मा चन्द्रमोहन गौचन, मित्रकुमारी गुरुङ सुवेदी, सावित्रा राना, मीना गुरुङ, मायानाथ अधिकारी, सिर्जना शर्मा, प्रभा कोइराला, पुष्पा केसी भण्डारी, लक्ष्मी सुनार र जुनादेवी नेपाली हुनुहुन्छ ।

प्रदेश नं ५

प्रदेश नं ५ मा रमा घर्ती, थानकुमारी थापा चापागाईं, विमला शर्मा पन्थी, सरस्वती गौतम, जालपा भुसाल, भगवतीदेवी भण्डारी कृष्णी थारु, धमकली चौधरी, कमलादेवी विक, आशा स्वर्णकार, सुनिताकुमारी ठठेर, चिन्तावती कुर्मी र फौजिया नसिम हुनुुहुन्छ ।

प्रदेश नं ६

त्यसैगरी प्रदेश नं ६ मा मीनासिंह रखाल, बदमी क्वारी बोहोरा, पद्मा खड्का, देवी ओली, कौशिलावती खत्री र राजु नेपाली हुनुहुन्छ ।

प्रदेश नं ७

प्रदेश नं ७ मा माया भट्ट, मनाकुमारी साउद, पूर्णा जोशी, माया तामाङ बोहरा, सुशीला बुढाथोकी, चुनकुमारी चौधरी, अर्चना गहतराज र दुर्गा विक हुनुहुन्छ ।

प्रकाशित मिति: Dec 29, 2017

प्रतिक्रिया दिनुहोस्