Logo
१८ बैशाख २०८१, मंगलबार
(November 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा फोरमकै योजनामा कांग्रेसी नीति : ठाकुर र यादवलाई जिताउने, महतोलाई हराउने !

काठमाडौं : चुनावी सरगर्मीसंगै बिभिन्न नेताहरुबीच भविस्यको दाउपेच समेत योजनाबद्ध रुपमा सुरु भएको छ । जस अनुसार राजपा नेपाल र फोरम नेपालका केहि नेताहरुको आन्तरिक योजना अन्तरगत नेपाली कांग्रेसलाई लोभ दिदै राजेन्द्र महतोलाई हराएर बिमलेन्द्र निधिलाई जिताउनुपर्ने अभियानमा लागेको खुलासा भएको छ ।

समाचार श्रोतका अनुसार निधिलाई जिताउन कुनैपनि हालतमा हरसंभव कोशिस गर्ने सर्तमा नेपाली कांग्रेसले राजपा संयोजक महन्थ ठाकुर र फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवलाई सर्मथन गरेको हो । श्रोत भन्छन् ‘महतोले आफ्नै सहपाठीहरु क्रमसः ठाकुर र यादवलाई नै बिश्वास गर्नू हुन्न उनीहरु स्वयं नै महतोलाई हराउन सहयोग गर्नेछौं भनेर वाचाझै गरेकाछन् ।’

राजपामा ठाकुरपछिका नेताका रुपमा हेरिका महतोलाई हराएमा आफूहरु स्थापित हुन सकिने भन्दै केही नेताहरुले भने भित्रभित्रै निधिलाई सहयोग गर्ने नीति बनाएका छन् । स्वमं ठाकुर र यादव महतोलाई हराउन निधिलाई सहयोग गर्ने वचनवद्धता गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि एमाले र माओवादी केन्द्रबीच तालमेल भएपछि अत्तालिएका कांग्रेस र मधेशवादी दलले पनि निर्वाचनका लागि तालमेल गर्ने घोषणा गरेका हुन् । त्यसो त वाम गठवन्धन बनेपछि कांग्रेस नेतृत्वमा ‘लोकतान्त्रिक’ गठवन्धन बनाउने भन्दै त्यसभित्र राप्रपा र राप्रपा प्रजातान्त्रिक लगायतका अन्य शक्तिसमेत सहभागि हुने सार्वजनिक गरिएको थियो ।

निर्वाचन नजिकिएसँगै खुम्चिदै गएको कांग्रेस गठवन्धन मंसीर २१ को दोश्रो चरणको निर्वाचनका लागि मनोनयन दार्ता पछि भने व्यक्तिगत तालमेलमा सिमित भएको छ । कांग्रेसले राजपा मण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय आइतबार गर्यो ।

महोत्तरी ३ मा ठाकुरलाई र निर्वाचन जिल्ला नै परिवर्तन गरेका फोरमका अध्यक्ष यादवलाई सप्तरी २ मा समर्थन गर्ने निर्णय कांग्रेसले गरेको हो । कांग्रेसले महोत्तरी ३ मा बजरंग नेपाली र सप्तरी २ मा सकलदेव सुतिहारलाई उम्मेद्वार बनाएको थियो । ढिलो भएका कारण उम्मेद्वारी फिर्ता लिन नमिलेपछि दुवैले ठाकुर र यादवलाई समर्थन गर्ने घोषणा गरे ।

तर राजपा मण्डलका सदस्य राजेन्द्र महतोबिरुद्ध भने कांग्रेस नेता बिमलेन्द्र निधिलाई उठाउने अडान भने कायम राख्यो । अहिले धनुषा ३ मा निधि र महतोबीच निर्वाचन प्रतिस्पर्धा चलिरहेको छ । कांग्रेसले ठाकुर र यादवलाई समर्थन गरेर बिमलेन्द्र निधिलाई धनुषा ३ मा छाडिदिन ठाकुर र यादवसँग प्रस्ताव राख्यो ।

राजपा र संघीय समाजवादीका नेताहरुले त्यसको पहल गर्ने बताएपनि राजेन्द्र महतोले भने उनीहरुलाई अस्वीकार गरिदिए । निधिकै प्रस्तावमा कांग्रेसले २ क्षेत्रमा मधेशवादी पार्टीका नेतृत्वलाई सघाउने निर्णय लिएको थियो । संभवत निधिले उक्त प्रस्ताव गरेपछि राजपाले आफूलाई सघाउने निर्णय गर्ने बिश्वास राखेका थिए । तर राजपाले भने त्यस्तो कुनै निर्णय लिएन ।

महतोले आफूले कुनै पनि हातलमा कांग्रेसका निधिलाई उक्त क्षेत्र नछाड्ने भन्दै आक्रामक निर्वाचन अभियान चलाइरहेका छन् । उनले निधिलाई उक्त क्षेत्रबाट पराजित गर्ने सार्वजनिक सपथ नै खाएको उनका सहयोगीले प्रेसलाई बताएका छन् । निधिको आफ्नै गृहनगर भएको क्षेत्र भएपनि स्थानीय निर्वाचनमा राजपाले बढी मत ल्याएको थियो । जनकपुर उपमहानगरपालिकाको मेयरसहितका वढी वडामा राजपाले जितेका कारण महतोले उक्त क्षेत्र कांग्रेसलाई नदिने बताउँदै आएका थिए ।

 

प्रकाशित मिति: Nov 6, 2017

प्रतिक्रिया दिनुहोस्