Logo
२ जेष्ठ २०८१, बुधबार
(October 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शोकमा सप्तरी : नेपाल बैंकमा कार्यरत संजित सहित एकै परिवारका ६ को मृत्यु

धादिङमा शनिवार बिहान त्रिशुली नदीमा बस खस्दा जिल्लाका २० जना भन्दा बढीको मत्यु भएपछि अहिले सिङ्गो सप्तरी जिल्ला शोकमग्न भएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठी बस्तीमा शनिबार बिहानैदेखि रुवावासी छ । तिलाठीका पंडित रमानाथ झाको सिंगो परिवार नै धादिङ दुर्घटनामा परि ज्यान गुमाएको छ ।

२ छोरा, बुहारी,२ नातिसहित उनको परिवारका ६ जनाको उक्त घटनामा मृत्यु भएको हो । दिपावली र छठ मनाएर आपनो काममा फर्किरहेकाहरुको उक्त दुर्घटनामा मृत्यु भएको हो ।

आफन्तको मृत्यु भएको खवरसँगै ती गाउँका धेरै घरहरुमा आज चुल्हो बलेको छैन् । ज्यान गुमाएकाहरुको टोलमा रुवावासी नै चलेको छ ।

पत्रकार अवधेशकुमार झाका अनुसार रमानाथ झाका छोराहरु संजितकुमार झा र अंजितकुमार झा, संजितकी श्रीमती सिमी झा र संजितका छोरा अभिनव झाको मृत्यु भएको छ ।

नेपाल बैंक लिमिटेड चावहिल शाखामा सातौं तहमा संजित कार्यरत थिए । संजितका कान्छा छोरा प्रतिक बेपता छन् । यस्तै संजितका सालो बिटु झा ठुली सासुआमा चन्द्रिकादेवी झाको समेत ज्यान गएको छ । संजितकी साली पुजा अझै वेपता छिन् ।

प्रकाशित मिति: Oct 28, 2017

प्रतिक्रिया दिनुहोस्