Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदारको उपस्थितीमा बाढी पिडित पुनर्निर्माण प्राधिकरण बनाउन राजपाको माग

काठमाडौं । राष्ट्रिय जनता पार्टीले शक्ति र अधिकार सम्पन्न बाढी प्रभावित क्षेत्र पुनर्निर्माण प्राधिकरण गठनको माग गरेका छन् । उसले उद्धार, राहत र क्षतिपूर्तिका लागि तत्काल २६ अर्ब विनियोजन गर्न र तथा सहयोगका लागि दातृ निकायहरुलाई आहृवान गर्न माग गरेको छ ।

राजपाले बाढी प्रभावितलाई विनाशकारी भूकम्पबाट प्रभावितहरुलाई जस्तै राहत तथा क्षतिपूर्ति दिनु पर्नेमा जोड दिएको छ ।  राजपा शीर्ष नेताहरुले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बाढी प्रभावितहरुको राहत तथा उद्दारमा १० बुँदे माग राखेका छन् । उक्त समयमा नेपाल उपप्रधान तथा स्थानिय विकास मन्त्री समेत रहेका नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारको पनि उपस्थिीति रहेको थियो ।

 

विपद् पश्चातको आवश्यकताको सर्वेक्षण (पीडीएनए) गर्न, त्ससअनुसार आर्थिक सहायता जुटाउन दाता सम्मेलन गर्नु पर्ने राजपाले बताएको छ ।

पीडीएनए रिपोर्टका आधारमा सरकारबाट शक्ति र अधिकार सम्पन्न ‘बाढी प्रभावित क्षेत्र पुनर्निर्माण प्राधिकरण’ को गठन गरियोस् ।’ प्राधिकरणको कामको समिक्षा तथा समन्वयका लागि प्रधानमन्त्रीको अध्यक्षमा सर्बदलीय संयन्त्र बनाउनु पर्ने राजपाको माग छ ।

 

हेर्नुहोस् राजपाको ज्ञापनपत्र  :

 

 

 

प्रकाशित मिति: Aug 17, 2017

प्रतिक्रिया दिनुहोस्