Logo
२ जेष्ठ २०८१, बुधबार
(July 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्णिमाकै दिन रक्षाबन्धन मनाउन मिथिलाका पण्डितहरुको सुझाव

जनकपुरधाम : रक्षाबन्धन कुन तिथिमा मनाउने भन्ने विषयलाई लिएर जनकपुरमा मत बाझिएको छ । कसैले नागपञ्चमीका दिन मनाउनुपर्ने बताईरहेका छन् भने कोहीे पूर्णिमाकै दिन मनाउनुपर्ने पक्षमा छन् ।

दूई पञ्चांगमा विवाद देखिएका कारण जनकपुरमा कुन तिथिमा मनाउने विषयलाई लिएर यस्तो अवस्था श्रृजना भएको हो । मैथिली पञ्चांगमा पूर्णिमाकै दिन मनाउने उल्लेख छ भने नेपाली पञ्चांगले सो दिन दोष रहेकाले नागपञ्चमीका दिन रक्षा बन्धन मनाउन सुझाव दिएको छ ।

नेपालको पञ्चांग निर्णायक समितिले प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष साउन २३ गते सोमवार श्रावण शुक्ल पूर्णिमा परे पनि खण्डग्रास चन्द्रग्रहणका कारण साउन १३ गते नै नागपञ्चमीकै दिन रक्षाबन्धन मनाउन सुझाव दिएको छ । तर मैथिली पण्डितहरुले मैथिली पञ्चांगको हिसाबले नै मनाउन सुझाएका छन ।

प्रकाशित मिति: Jul 25, 2017

प्रतिक्रिया दिनुहोस्