Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपासंग उपेन्द्र यादवको आग्रह: ‘आउनुस् सँगै निर्वाचन लडौँ’

काठमाडौं, जेष्ठ २५ : सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा)लाई आग्रह गरेका छन् । उनले दोस्रो चरणको निर्वाचन अगाडि संविधान संशोधन भए जनतामा थप उत्साह आउने भन्दै मधेसमा निर्वाचनप्रति जनतामा व्यापक उत्साह पाएकाले निर्वाचनपछि अन्य दलको तुलनामा राम्रो परिणाम ल्याउने दाबी गरे ।

रिपार्टर्स क्लबको साक्षात्कारमा उनले भने– ‘राजपाका नेताहरु निर्वाचनमा आउनुस् सँगै मिलेर निर्वाचन लडौँ” भनेर मैले अपिलै गरेको छु अस्ति प्रधानमन्त्रीको निर्वाचनमा मधेसी उम्मेदवार हुनुहुन्नथ्यो तर, लाइन बसेर मतदान गर्नुभयो अब, तराई–मधेसमा मधेसी उम्मेदवारहरु छन् तिनलाई मतदान गर्नुहुन्न भन्नुहुँदैन होला, त्यसैले उहाँहरु निर्वाचनमा आउनुहुन्छ ।”

समाजवादी फोरम स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नयाँ शक्ति नेपालसँग साझेदारी गरेर निर्वाचनमा सहभागी भएको थियो । सरकारमा सहभागिताबारे सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष यादवले संविधान संशोधन र मुद्दा सम्बोधन प्राथमिकता भएकाले सरकारमा सहभागिताबारे सोचेको छैन भने । रासस

प्रकाशित मिति: Jun 8, 2017

प्रतिक्रिया दिनुहोस्