Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केहि दिन सारेर भएपनि राजपालाई चुनावमा ल्याउन उपेन्द्रको आग्रह

रौतहट, जेठ १४ : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दल दर्ता र चुनाव चिन्ह प्रदान गरेर राजपालाई पनि चुनावमा भाग लिने अवसर दिन सरकारलाई आग्रह गरेका छन् ।

यसका लागि चुनावको मिति २/४ दिन अघिपछि गर्न सकिने उनले बताए । दल दर्ता र चुनाव चिन्हका कारण मात्र राजपाले चुनावमा आउन आनाकानी गरेको भन्दै उनले भने, ‘निर्वाचन आयोगमा चुनाव चिन्ह माग्न जानु भो तर, आयोगले म्याद गुजि्रएको र दल दर्ता भएकाले चुनाव चिन्ह दिन नसकिने भन्ने उत्तर दिएपछि यो परिस्थिति जन्मिएको हो ।’
रौतहटको गौरमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रम पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले दल दर्ता र चुनाव चिन्हको मागलाई सरकार र निर्वाचन आयोगले सम्बोधन गर्नु पर्ने बताए । उनले अघि भने, ‘यस्ता सानातिना कुराहरुलाई निर्वाचन आयोग र राज्यले व्यवस्थापन गर्नुपर्छ । र, उहाँहरु (राजपा)लाई पनि चुनावमा आउने अवसर दिनुस् ।’

राजपाले चुवावमा आउन नै बैशाख ९ गते सम्झौता गरेको र चुनाव दुई चरणमा सारेको उनको भनाइ छ । राजपालाई चुनाव सहभागी गराउन र मुस्लिमहरुको महान पर्व रमजान परेका कारण जेठ ३१ को मिति केही दिन अघिपछि गर्न सकिने उनले बताए ।

प्रकाशित मिति: May 28, 2017

प्रतिक्रिया दिनुहोस्