Logo
११ बैशाख २०८१, मंगलबार
(April 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीके राउतलाई प्रहरी हिरासतभित्र यातना दिइएको खबर

काठमाण्डौ । मधेश छुटै देश हुनुपर्ने माग गर्दे आएका  स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउतलाई प्रहरी हिरासत भित्र यातना दिइएको छ । खबर सार्वजनिक भएको छ । हुलाकी न्यूजले उक्त खबर सार्वजनिक गरेको हो । खबरमा भनिएअनुसार  जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा गए राती अन्य थुनुवाहरुबाट कुटपिटसमेत गराइएको गठबन्धनले जनाएको छ ।

विहीबार अदालतमा बयान सकेपछि डा.राउतलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लागु औषधमा पक्राउ परेका २१ जना थुनुसँग एउटै कोठामा राखिएको थियो । प्रहरीले नै थुनुहरुलाई उक्साएर कुटपिटसहित यातना दिन लगाएको स्वतन्त्र मधेश गठबन्धन रुपन्देहीका नेताहरुले जनाएका छन् ।

कुटपिटबाट घाइते भएका डा.राउतलाई राती ११ बजे लुम्बिनी अञ्चल अस्पताल लगिएको र त्यसपछि इलाका प्रहरी कार्यालय बुटबल मै राखिएको गठबन्धनले जनाएको छ । डीएसपी बेलबहादुर पाण्डेको निर्देशनमा इन्सपेक्टर भिमलाल सुदामीले यातना दिन लगाएको जनाइएको छ । डा.राउतलाई शुक्रबार पुनः अदालतमा ल्याइनेछ ।

यता प्रहरीका अनुसार डा.राउतमाथि कुटपिट भएको छैन । डीएसपी पाण्डेले भने,‘अन्य थुनुवाहरुसँग सीके राउतलाई राखिएको थियो । उनीमाथि कुनै कुटपिट भएको छैन । स्वास्थ्यमा समस्या आएको भने पछि हामीले बुटबल पठाएका थियौं ।’ पाण्डेले अस्पतालमा उपचारभन्दा पनि इलाका प्रहरी कार्यालय बुटबल पठाएको बताए । फाईल तस्बिर

प्रकाशित मिति: Apr 22, 2017

प्रतिक्रिया दिनुहोस्